Websoft University

www.radiomakalu.com || 021-522512


नेपाल–भारत सीमा नाका ७२ घन्टाका लागि बन्द




कञ्चनपुर,फागुन २ गते । भारतमा हुन गइरहेको राज्यसभाको चुनावलाई लक्षित गरी कञ्चनपुरसँग जोडिएका सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएका छन् ।


भारतको उत्तराखण्ड र उत्तरप्रदेशमा फेबु्रअरी १५ तारिख (फागुन ४ गते) राज्यसभाको चुनावका लागि पश्चिमी सीमा नाका गड्डाचौकी र ब्रह्मदेव आइतबार साँझदेखि बन्द गरिएका छन् । दोधारा चाँदनी र बेलौरी सीमा नाका आज साँझदेखि बन्द हुने छन् ।

यसैगरी, बेलडाँडी र त्रिभुवन बस्ती भारतसँग जोडिएका सीमा नाका मङ्गलबार साँझदेखि बन्द हुने छन् ।

फागुन ४ गते साँझ ५ बजेसम्मका लागि भारतसँग जोडिएका सीमा नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताउनुभयो ।

चुनावमा अवाञ्छित क्रियाकलाप नहोस् भनेर भारत सरकारको आग्रहमा सिमाना बन्द गरिएको बताइएको छ । सीमा नाका क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गर्नुका साथै गस्तीको कार्यलाई समेत तीव्र बनाएका छन् ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget