Websoft University

www.radiomakalu.com || 021-522512


सानै उमेरदेखी संस्कार सिक्दैछन काेशी हरैचाका बालबालीका



बेलबारी,फागुन १ गते । मोरङको कोसीहरैँचा स्थित राधाकृष्ण बहुउद्देश्यीय परोपकार संस्थामा स्थानीय वालवालिकाहरु लाई हिन्दु धर्म अन्र्तगत संस्कार सिकाउने अभियान सञ्चालन भईरहेको छ । आजका वालबालिका भोलीका भविष्य हुन् । उनीहरुलाई सानै उमेरदेखी असल ज्ञान विवेक र संस्कार दिन सकियो भने भोलीको भविश्य सुन्दर हुन सक्छ । वालवलिकाहरुको चाहाना र माग अनुसारको क्रियाकलापमा सहभागी हुनु अभिभावकहरुको कर्तव्य पनि हो ।


उनीहरुलाई सिकाउने ज्ञान ,कला र जिवन उपयोगी कुराहरुलाई सकारात्मक बनाएर वालवालिकाहरुको भविश्य निर्माणमा ध्यान पु(याउनु आजको आवश्यता भन्ने मुल नाराका साथ सो अभियान सञ्चालन भईरहेको छ । वालवालिकाहरुको लागी असल संस्कार विवेक ज्ञान तथा आदरसम्मान उनिहरुको जिवनको गहना तथा असल बनेर अघिबढ्ने माध्यम हो । वालवालिकाहरुको संस्कार र ज्ञानको उदयका लागी यसको उदाहरण भएको छ सो अभियान ।

यहि फागुन २ गते सम्म ८ दिनको लागी दैनिक रुपमा विहान २ घण्टासम्म वालवालिकाहरु लाई गुरुजनबाट संस्कार सिकाउने कार्यक्रममा वालवालिका तथा अभिभावकहरुको समेत उल्लेख्य सहभागिता हुने गरेको छ । स्थानिय विद्यालयहरु सुविजीमुर, सुकुना मावि, महेन्द्र मावि, कालिदेवी लगायतका १ सय जना ससाना विद्यार्थी वालवालिकाहरुको सहभागितामा जीवन उपयोगी ज्ञान विवेक संस्कार आमाबाबा गुरुप्रति गर्नु पर्ने असल व्यावहारको विकास गर्न कार्यक्रम आयोजना गरिएको साथै यसलाई सवैतिर निरन्तरता समेत दिनु पर्ने आवश्यकता भएको सुकुना माविका शिक्षक तथा कार्यक्रमका संयोजक माधब दाहालले बताए ।



वालवालिकाहरु लाई सानै उमेर देखी असल बनाएर राम्रो शिक्षा दिक्षा ग्रहण गर्ने वातावरणको समेत विकास गर्ने कार्यक्रममा ससाना वालवालिकाहरु अहिलेको विहानीपखको जाडो तथा विद्यालय जाने समयलाई महसुस गर्दै कार्यक्रमा उत्साहजनक रुपमा भेला भएर असल ज्ञान र संस्कार गुरुहरुको आज्ञा अनुसार अनुशरण गरिरहेका छन । उक्त कार्यक्रममा वालवालिकाहरुलाई हिन्दु धर्मको संस्कार अनुशासन, नैतिकताका गुणाहरु जीवनउपयोगी कुरा सिकाउँदा सानै उमेर देखी वालवालिकाहरुको भविस्य निर्माणमा सहयोग पुग्ने आयोजक संस्थाका कोसाध्यक्ष शारथीप्रसाद चापागाईले बताए ।

कार्यक्रममा स्कुल जाने उमेरका ससाना वालवालिकाहरुलाई अनुसानका साथमा समुहमा बसाएर जीवनउपयोगी ज्ञानगुनका कुरा सरल तथा ममता पुर्वक किसिमले सिकाउने गरिएको छ । कार्यक्रममा वालवालिकाहरुले एकै लयमा देवीदेवता र विद्याकी देवी सरस्वतीमाताको स्तोत्र पाठगर्दा कार्यक्रम स्थलमा आध्यात्मिक संन्देशको प्रवाह हुने गरेको छ । जसबाट अभिभावकहरु समेत वालवालिकाहरुलाई हिन्दु धर्मको संस्कार सिकाउने अभियानबाट प्रभावित भएर यस्ता किसिमका कार्यक्रम सबै तिर संचालन हुनु पर्ने आवश्यक्ता भएको बताउँछन ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget