Websoft University

www.radiomakalu.com || 021-522512


केन्याविरुद्ध खेल्न नेपालको प्रारम्भीक टिमः कुशल र दिपेन्द्र इन, सुवास, नरेश र अनिल आउट



विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको खेलका लागि बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको छ ।

टोलीको कप्तानमा पारस खड्का छन् । टोली आरिफ शेख र आसिफ शेख दाजुभाइ नै परेका छन् । आरिफले यसअघि नै सिनियर टोलीबाट खेलिसकेका थिए । तर, आसिफ यू-१९ खेलाडी हुन् र २४ मा स्थान बनाउन सफल भएका छन् ।



नयाँ सदस्यका रुपमा अमित श्रेष्ठ, दिलिप नाथ, कुशल भुर्तेल र दिपेन्द्र श्रेष्ठ छन् । कुशल र दिपेन्द्र यू-१९ टोलीबाट हुन् भने अमित र दिलिपनाथ घरेलु प्रतियोगिता खेल्दै आएपनि सिनियर टोलीबाट खेलेका छैनन् ।

यस्तै यू-१९ मा उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र सिंह ऐरी पनि टोलीमा पर्न सफल भएका छन् ।

टोलीमा ज्ञानेन्द्र मल्ल, सुसन भारी, मेहबुब आलम, करण केसी, सागर पुन, भुवन कार्की, शरद भेषावकर, कुशल भुर्तेल परेका छन् । विक्रम शोव, शक्ति गौचन, अभिनाश कर्ण, सोमपाल कामी, सुनिल धमला, बसन्त रेग्मी, राजेश पुलामी मगर, विनोद भण्डारी र सन्दिप लामिछाने पनि टोलीमा परेका छन् ।

राष्ट्रिय टोलीमा पुनरागमनको प्रयासमा रहेका सुवास खकुरेल, नरेश बुढायर, अनिल मण्डल र पृथु बास्कोटा टोलीमा पर्न सकेनन् । यस्तै यू-१९ मा राम्रो प्रदर्शन गरेपनि ललितसिंह भण्डारी, सुशील कँडेल र सोनु तामाङ पनि टोलीमा परेनन् ।

२४ खेलाडीको बन्द प्रशिक्षण फागुन १ गतेबाट सुरु हुनेछ र अन्तिम १४ खेलाडी छनौट गरिनेछ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget