Websoft University

www.radiomakalu.com || 021-522512


बैंकहरुले गाडी, घरजग्गा र सेयरमा ऋण नदिने




काठमाडौं, माघ २७ गते । बैंकहरुले अब तत्कालका लागि गाडी, घर जग्गा र सेयरका लागि नयाँ कर्जा नदिने भएका छन् ।

अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुँदा तरलता अभाव भएको भन्दै राष्ट्र बैंकले सचेत गराएको थियो । त्यसको भोलिपल्ट बिहीबार नेपाल बैंकर्स एशोसिएसनमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुबीच छलफल भएको छ ।

छलफलमा तत्कालका लागि गाडी, घरजग्गा र सेयर धितो ऋण रोक्ने सहमति भएको छ ।

बैंकहरुले सवारी साधानको कर्जा दिदा ९० प्रतिशतसम्म कर्जा सुविधा दिएको देखिएको भन्दै राष्ट्र बैंकले यसलाई कडाई गर्ने संकेत गरेको थियो ।



‘मूल्यको तुलनामा कर्जा अनुपात (लोन टु भ्यालु रेसियो) तोक्नुपर्ने भन्ने धारणा छ ’राष्ट्र बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । राष्ट्र बैंकले घरजग्गा र सेयर धितोमा कर्जा दिदा यस्तो अनुपात तोकेको भएपनि सवारी साधानमा नतोकिएकोले अब त्यस दिशातर्फ बढ्नुपर्ने हुनसक्ने बताएको हो ।

वाणिज्य बैंकहरुको ओभरड्राफ्ट, घरजग्गा र सेयर धितोमा कुल कर्जाको ७३ प्रतिशतसम्म कर्जा लगानी भएको देखिएको थियो । बैंकहरुले तरलता समस्यापछि सेयर धितोमा जाने कर्जामा कडार्य गर्न थालिसकेका थिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget