Websoft University

www.radiomakalu.com || 021-522512


नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा सापकोटा विजयी

झापा , फागुन १० गते  । नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा तारामणि सापकोटा निर्वाचित हुनुभएको छ । आज विहान सम्पन्न मत गणनाबाट अध्यक्षका प्रत्यासी उम्मेद्वार गोपाल काफ्लेलाई १३ मतले पराजित गर्दै सापकोटा निर्वाचित हुनुभएको हो । सापकोटाले १२९ मत प्राप्त गर्नुभयो भने काफ्लेले ११६ मत प्रप्त गर्नुभयो । सापकोटा सजिलो खवर डटकमका सम्पादक हुनुहुन्छ ।


त्यस्तै खुल्ला उपाध्यक्षमा गोपाल झापालीलाई ६२ मतले पराजित गर्दै एकराज गिरी निर्वाचित हुनुभएको छ । गिरीले १५६ मत प्राप्त गर्नुभयो । उहाँका प्रत्यासी उम्मेद्वार झापालीले ९४ मत मत प्राप्त गर्नुभयो । यसैगरी महिला उपाध्यक्षमा भीमाकुमारी शिवाकोटी निर्वाचित हुनुभएको छ । शिवाकोटीले १४८ मत प्राप्त गर्नुभयो । उहाँकी प्रत्यासी उम्मेद्वार लीला अनमोलले ९२ मत प्राप्त गर्नुभयो । सचिवमा गिरीराज भट्टराईलाई ५ मतलेपछि पार्दै सन्तोष आचार्य निर्वाचित हुनुभएको छ । आचार्यले १२३ मत प्राप्त गर्नुभयो भने भट्टराईले ११८ मत प्राप्त गर्नुभयो ।



खुल्ला सहसचिवमा केशव भट्टराई १५२ मात प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उहाँले अर्जुन कार्कीलाई पराजित गर्नुभएको हो । कार्कीले ९२ मत प्राप्त गर्नुभयो । समावेशी सहसचिवमा आत्मराम राजवंशीलाई पराजित गर्दै इन्द्रजीत मुखिया निर्वाचित हुनुभएको छ । मुखीयाले १३२ मत प्राप्त गर्नुभयो भने उहाँका प्रत्यासी राजवंशीले १०७ मत प्राप्त गर्नुभयो । यसैगरी कोषाध्यक्ष्मा इश्वर अधिकारी निर्वाचित हुनुभएको छ । उहाँले यमनाथ विमलीलाई पराजित गर्नुभएको हो ।

अधिकारीले १२८ मत प्राप्त गर्नुभयो भने विमलीले ११५ मत प्राप्त गर्नुभएको छ ।यता महिला सदस्यमा भने सुष्मा राजवंशी १३४,दलित सदस्यमा रञ्जित परियार १३९, जनजातिमा अनिलदेव राई १२४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । त्यस्तै खुल्ला सदस्य तर्फ उत्तम नेपाल ११७, देवु वानिया १२२, पार्थ मण्डल १२४, विनोद सापकोटा १२७, रञ्जित प्रसाई ११७, रमेश तिवारी १२२, लक्ष्मी काफ्ले १२४, लीलाराज झापाली ११९ , सुशीला संग्रौला ११८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।त्यस्तै केन्द्रीय पार्षद र प्रदेश पार्षदको मत गणना जारी रहेको निर्वाचन समितिका सदस्य दीपन्द्र भट्टराईले जानकारी दिनुभयो ।-
पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget