Websoft University

www.radiomakalu.com || 021-522512


कृषि साँच्चिकै पेसा बन्न सकेन : घिमिरे

तेह्रथुमको इवास्थित रन्दल आधारभूत विद्यालयको रजत महोत्सव आजबाट सुरु हुँदै

तेह्रथुम, माघ २६ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले नेपालमा कृषि पेसा साँच्चिकै पेसा बन्न नसकेको बताउनुभएको छ । कृषि क्षेत्र परम्परागत र निर्वाहमुखी मात्रै भएको भन्दै उहाँले अत्याधुनिक प्रविधि भित्र्याउँदै व्यावसायिक र आधुनिकीकरणको खाँचो रहेको औँल्याउनुभयो ।

मङ्गलबार गणेशमान स्मृति भवन म्याङलुङमा भएको नेपाल किसान सङ्घ, तेह्रथुमको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले दिनभर बरालिने र पेसा के हो रु भन्दा कृषि भन्ने चलनले नेपालको कृषि क्षेत्रमा बेथिति भित्रिएको बताउनुभयो । यसकारण पनि कृषि पेसा व्यावसायिक बन्न नसकेको भन्दै उहाँले कृषि क्षेत्रमा ठूलो जनशक्ति बेरोजगार भएर अल्मलिइरहेको बताउनुभयो ।

उहाँले कृषिलाई व्यावसायिक पेसाका रुपमा विकास गर्न अगुवाइ गर्न नेपाल किसान सङ्घलाई सुझाव समेत दिनुभयो । अझै पनि ५० प्रतिशतभन्दा बढी जनशक्ति कृषिमा अल्झिरहेको तथ्याङ्क आउँछ, उहाँले भन्नुभयो, “तर त्यो उत्पादनमुखी छैन, नेपाललाई चाहिने खाद्यान्नदेखि थुप्रै वस्तु आयात गर्नुपर्ने अवस्था छ ।”

पचास प्रतिशत जनशक्ति कृषिमा खर्चिए पनि अन्य त्यही ५० प्रतिशत जनसङ्ख्या नै उत्पादनबाट निर्वाह गर्न नसकेको उहाँको तर्क छ । “कृषिमा पनि समृद्धि सम्भव छ, नेता घिमिरेले भन्नुभयो, “तर आधुनिकीकरण र व्यावसायिक बनेर मेहनत गर्नुपर्छ ।”

कामै नगर्ने, अनि पेसा चाँहि कृषि हो भनेर भन्ने चलन छाड्नुपर्ने उहाँले सुझाउनुभयो । उहाँले थोरै जनशक्तिले धेरै उत्पादन गरेर मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानतर्फ सबै किसानलाई लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा सांसद सीता गुरुङले पनि कृषि क्षेत्रबाट नेपालमा थुप्रै सम्भावना भएको भन्दै कृषिमा आधुनिकीकरण जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा सांसद गणेशप्रसाद विमली, काँग्रेस जिल्ला सभापति गोविन्द्रप्रसाद ढुङ्गानालगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।

अधिवेशनले नारायण सुब्बाको अध्यक्षतामा १३ सदस्यीय नेपाल किसान सङ्घ, जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा काजीमान लिम्बू, सचिवमा फौदबहादुर सुवेदी, कोषाध्यक्षमा विजय कन्दङ्वा चयन हुनुभएको छ ।

समितिको सदस्यमा भोला कार्की, डोलेश्वर लिम्बू, लिलानाथ आचार्य, प्रेमप्रसाद भट्टराई, हरिप्रसाद अधिकारी, चेमनकुमारी दाहाल, प्रकाश चोङवाङ, हेम लुङ्वा, भेषराज लिम्बू रहेका छन् ।

यस्तै अधिवेशनले केन्द्रीय प्रतिनिधिमा जयप्रसाद ढुङ्गाना, दुर्गाप्रसाद फुँयाल, जयन्तीमाला फुदोङ, काजीमान लिम्बू, डम्बर लोहारलाई चयन गरेको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget