काठमाडौँ, माघ २६ गते । तेह्रथुम पावर कम्पनीले ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।
कुल रु एक अर्ब ३७ करोड लागत अनुमान गरिएको आयोजनामा रु ३७ करोड प्रवद्र्धक संस्थाले र बाँकी रकम माछापुच्छे बैंक लिमिटेडले रु ४० करोड, नेपाल बङ्गलादेश बैंकले रु ३० करोड र जनता बैंकले रु ३० करोड लगानी गर्ने भएका छन् ।
विसं २०६७ पुस १ गतेबाट उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । स्थानीयवासीलाई १० प्रतिशत सेयर प्रदान गर्ने जानकारी दिँदै प्रबन्ध सञ्चालक डाँगीले आयोजनाबाट उत्पादित विद्युत् ४.७ किलोमिटर लामो ३३ केभि प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको जिरीखिम्ती सवस्टेसनमा जोडिने बताउनुभयो ।
तेह्रथुमको मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविसकोबीच भएर बग्ने खोरुङ्गा खोलाबाट विद्युत् उत्पादन गर्ने गरी २०६६ साल मङ्सिरमा विद्युत् सर्वेक्षण अनुमतिपत्र र २०७३ भदौमा उत्पादन अनुमतिपत्र लिइएको थियो । प्राधिकरणसँग वर्षामा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागार्इंले आयोजनालाई तोकिएको समयमा सम्पन्न गर्न सबैको सार्थक सहयोग जरुरी रहेको बताउनुभयो । रासस
Post a Comment