Websoft University

www.radiomakalu.com || 021-522512


विपक्षीद्वारा संशोधन प्रस्तावको परिणामको सुनिश्चितता गर्न माग


काठमडौँ,  फागुन ११ गते । प्रमुख प्रतिपक्षसहितका विपक्षी नौ दलले सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान सशोधन प्रस्ताव निर्णयार्थ पेस हुँदा आउने परिणाम स्वीकार गर्ने निश्चिता नभएसम्म संशोधन प्रस्ताव अघि नबढाउन सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बसेको विपक्षी नौ दलको बैठकले संशोधन प्रस्तावको सम्बन्धमा मोर्चाका नेताबाट सार्वजनिक भनाइबारे सरकारको स्पष्ट धारणा माग गर्ने निर्णय गरेको नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सरकारमा रहेका दुई ठूला दलको यस सम्बन्धी धारणा के छ स्पष्ट उत्तर हामीले पाउन सकेका छैनौँ ।” सरकारले निर्वाचन मिति घोषणा गरेको सम्बन्धमा आफूहरुले स्वागत गरिसकेको भन्दै उपाध्यक्ष रावलले प्रदेशको सीमाङ्कन हेरफेर गर्ने विषय सभामुखले प्रदेशसभामा पठाउनुपर्ने संवैधानिक व्यवस्था रहेको बताउनुभयो ।

संशोधन प्रस्ताव आज अघि नबढाउन नौ दलले निर्णय गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “विपक्षी दलको तर्फबाट सो भनाइ राखेपछि सरकारको तर्फबाट के आउँछ सोही अनुसार हामी अघि बढ्छौ ।”

उपाध्यक्ष रावलले संशोधन प्रस्ताव निर्णयार्थ पेस भएपछि आउने परिणामका बारेमा सरकार र मोर्चाको स्पष्ट धारणाको माग गर्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget