नेपालले यसै महिनाको अन्त्यमा विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँग घरेलु मैदान कीर्तिपुरमा खेल्दैछ ।
र, कप्तान र कोचसहितको छनोटकर्ता टोलीले १९ सदस्यको नाम सार्वजनिक गरिसकेका छन् । यो टोली शुक्रबार भारत जानेछ र नोयडामा एक साता अध्यास गर्नेछ । तीन अभ्यास खेल मध्ये एक अफगानिस्तानको एक टिमसँग मिलाउने प्रयास भइरहेको छ ।
भारत भ्रमणपछि चार वैकल्पिकसहित १८ खेलाडीको नाम सार्वजनिक गरिनेछ, जसले केन्याविरुद्ध फागुन २८ र ३० मा खेल्नेछ ।
१९ सदस्यीय टोलीमा अधिकांश पुराना अनुहार छन् । तर, केही युवा क्रिकेटर पनि टोलीमा परेका छन्, जसले उमेर समूहमा प्रभावशाली प्रदर्शन गरेका थिए । र, यो पटक युवा क्रिकेटरहरुले नेशनल टिममा डेब्यू गर्ने लगभग पक्का भइसहेको छ ।
केन्याविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण छ र नेपाल दुबै खेलमा जित चाहन्छद्ध । तर, त्यसअघि नेपाली टोलीको केही प्रमुख स्थानका लागि सदस्यहरुबीच नै कडा प्रस्पिर्धा हुनेछ । सम्भवत नोयडाको प्रर्दर्शनले धेरै कुरा निर्धारण गर्छ ।
१.
ज्ञानेन्द्रको ओपनिङ पार्टर

नेपालले लामो समयदेखि ओपनिङ ब्याट्सम्यानको खोजी गरिरहेको छ । पुवुद्धु यशानायकेको कार्यकालमा सुवास खकुरेल र नरेश बुढायरलाई ओपनिङ जोडी बनाउन प्रयास गरिएको थियो । अनिल मण्डलसहित केही ब्याट्सम्यान पनि आए ।
तर, अहिले नेपाली टोलीमा कोही पनि छैनन् । पछिल्ला केही खेलमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई ओपनिङ ब्याट्सम्यान बनाइएको छ, जबकी उनी यसअघि तेस्रो नम्बरमा आउँथे । अब उनी ओपनिङमै रहने पक्का भएको छ । तर, उनको जोडी भेटिएको छैन ।
यो पटक युवा क्रिकेटरको ज्ञानेन्द्रसँग ओपनिङ जोडी बनेर खेल्नेछन् । स्रोतका अनुसार यसका लागि तीन ब्याट्सम्यान विकल्पका रुपमा छन् । दिलिपनाथ, आशिफ शेख र सुनिल धमलाबीच ज्ञानेन्द्रको ओपनिङ पार्टनरका लागि प्रतिस्पर्धा हुनेछ ।
यू-१९ मा राम्रो प्रदर्शन गरेर प्रशिक्षक जगत टमाटाको नजरमा परेका सुनिल धमला नेदरल्याण्ड्सविरुद्ध सम्भावित टोलीमा परेका थिए तर, डेब्यू गर्न सकेनन् । दिलिपनाथ राष्ट्रिय क्रिकेटमा लगातार खेल्दै आएपनि यसअघि राष्ट्रिय टोलीमा पर्न सकेका थिएनन् भने आशिफ पनि पहिलो पटक राष्ट्रिय टिममा डेब्यूको पर्खाइमा छन् । एभरेष्ट पि्रमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका उनले यू-१९ एसिया कपमा भने खासै प्रदर्शन गरेनन् । घरेलु मैदानमा भने उनको प्रदर्शन रेकर्ड राम्रो छ ।
२.
विकेट किपर को ?

आशिफ शेख ब्याट्सम्यान मात्र होइनन, विकेट किपर पनि हुन् । र, केन्याविरुद्धको खेलमा विकेट किपरको भूमिकामा विनोद भण्डारीसँगै उनको पनि दाबी छ ।
औलामा लागेको चोटका कारण हालै भएको यू-१९ एसिया कपमा भने विकेट किपरको भूमिका निभाउन पाएका थिएनन् ।
उसो त पछिल्लो केही वर्षमा नेपाली टोलीमा विकेट किपरको भूमिका ओपनिङ ब्याट्सम्यान सुवास खकुरेलले निभाउँदै आएका थिए । उनी टोलीमा पर्दा यू-१९ को कप्तान हुँदै सिनियर टोलीमा परेका राजु रिजालले यो जिम्मेवार पाए । अहिले सुवास र राजु दुबै टोलीमा छैनन् र विकेट किपरका लागि विनाद र आशिफ शेख दुई मध्ये एक छनोट गर्ने विकल्प कोचसामू छ ।
३.
तल्लो क्रमका फिनिसर

विरानगरमा भएको सातौं राष्ट्रिय खेलकुदमा विनोद भण्डारीले आफ्नो विस्फोटक ब्याटिङ देखाए । तर, यू-१९ एसिया कपमा दिपेन्द्र सिंह ऐरीले विनोदलाई माथ दिने प्रदर्शन गरे । ऐरी अन्तिम ओभरहरुमा बलिङ गर्ने क्षमता पनि राख्छन् ।
अब केन्याविरुद्धको खेलमा तल्लो क्रमको व्याट्सम्यान, जो फिपिनसरका रुपमा हुन्छन्, त्यो स्थानका लागि दिपेन्द्र र विनोदबीच प्रतिस्पर्धा हुनेछ । यदि प्रशिक्षकले दुबैलाई खेलाउने निर्णय गरेको अवस्थामा राजेश पुलामी मगरको नाम काटिनसक्छ ।
४.
सोमपाल भर्सेस करण

सोमपाल कामी र करण केसी पछिल्लो समय नेपाली टोलीको ओपनिङ बलरका रुपमा रहेका छन् । करणको तुलनामा सोमपाल मााथि छन्, यस कारण पनि केन्याविरुद्ध खेलमा ओपनिङ बलरमा सोमपाल पक्का जस्तै छन् । यदि ब्याट्सम्यान थप्ने निर्णय भएको अवस्थामा करणको सट्टा कप्तान पारस खड्काले नै सोमपालसँग मिलेर ओपनिङ बलिङ गर्नेछन् । तर, विपक्षी टोलीलाई सरप्राइज दिन प्रशिक्षकले सोमपाललाई ड्रप गरेर करणलाई मौका दिन पनि सक्छन् ।-अनलाइनखबर
Post a Comment