Websoft University

www.radiomakalu.com || 021-522512


डोजरले बिद्यार्थी किचेपछि बिराटनगरमा तनाव

बिराटनगर,फागुन १२ गते । डोजरले हानेर विद्यार्थीलाई घाइते बनाएको बिरोधमा प्रदर्शनमा उत्रिएका बिद्यार्थी र प्रहरीबीच महेन्द्र मोरङ क्याम्पस अगाडि झडप भएको छ ।
क्याम्पस अगाडिको सडक निर्माणको क्रममा प्रयोगमा ल्याइएको डोजरले सोही क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी उमेश कुमार यादवलाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार घाईते विधार्थीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
आक्रोशित विधार्थीहरु डोजर तोडफोडमा उत्रिएपछि भिडलाई नियन्त्रणमा लिने क्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको हो । बिद्यार्थीहरुले ठक्करबाट घाइते भएका विद्यार्थीलाई डोजर ब्याग गरेर मार्न खोजेको आरोप लगाएका छन् ।
बिरोध प्रदर्शनमा उत्रिएका उनीहरुले दुईवटा डोजरमा आगो लगाएपनि तत्कालै प्रहरीले निभाएको छ । आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज र अश्रुग्याँस प्रहार गरेको छ ।
विद्यार्थीलाई घाइते बनाउने ड्राइभरलाई लुकाएको भन्दै नजिकैको होटल चिनारीमा पनि विद्यार्थीले ढुंगामुढा गरेका छन् । विद्यार्थी नेताहरुले प्रहरीले क्याम्पस हाताभित्र पसेर विद्यार्थीमाथि कुटपिट गरेको दावी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्दीप भण्डारीले उत्तेजित विधार्थीलाई नियन्त्रणमा लिने क्रममा विद्यार्थी र प्रहरीबीच सामान्य झडप भएको वताए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget