Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचन र संविधान संशोधन सरकारको मुख्य प्राथमिकता–गृहमन्त्री



काठमाडौँ, फागुन १२ गते । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचन र संविधान संशोधन विशेष प्राथमिकताका साथ अगाडि बढेको बताउनुभएको छ ।

घरेलु तथा साना उद्योग विकास समितिले आज यहाँ आयोजना गरेको २८औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा उद्यमी पुरस्कार वितरण कार्यक्रम शुभारम्भ गर्दै उहाँले सबैलाई मिलाएर निर्वाचन गरिने बताउनुभयो ।



उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि २८औं राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनी अवलोकन गर्नुहुँदै । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा बिहीबारदेखि प्रदर्शनी सुरु भएको छ । तस्बिर ः प्रदीपराज वन्त, रासस

गृहमन्त्री निधिले भन्नुभयो, “नयाँ संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी छ, त्यसका लागि आगामी वर्षको माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्नुपर्छ ।” उहाँले स्थायी सरकारसहितको समृद्धिका लागि पनि निर्वाचन अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि उपयुक्त नीति आवश्यक हुने बताउँदै गृहमन्त्री निधिले सबै किसिमको लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पानुभयो ।

औद्योगिक उत्पादन वृद्धि गर्नका लागि नयाँ प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्नपर्छ, उपयुक्त प्रविधि प्रयोग गरेर उत्पादकत्व वृद्धि गर्नुपर्छ ।”

साना उद्योगका उत्पादनलाई सरकारले बजारको व्यवस्था मिलाउने बताउँदै गृहमन्त्री निधिले थोरै लगानीमा आफ्नै गाउँमा पुँजी निर्माण गर्न सकिने साना उद्योगको प्रवद्र्धनमा जोड दिइने जानकारी दिनुभयो ।

कार्यक्रममा उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले साना उद्योगको प्रवद्र्धनका लागि सरकारले पहल गर्ने र साना तथा घरेलु उद्योगमैत्री नीतिलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गर्नुभयो ।

विसं २०४२ देखि निरन्तर गरिँदै आएको प्रदर्शनीमा ७५ जिल्लाका साना तथा घरेलु उद्योगीले भाग लिँदै आएका छन् । यस पटकको प्रदर्शनीमा ३०० वटा प्रदर्शनीकक्षमा मुलुकभरका उद्योगीले आफ्ना उत्पादन बिक्री तथा प्रदर्शनीमा राखेका छन् ।

छ दिनसम्म चल्ने यस मेलामा तीन लाखजनाले अवलोकन गर्ने र रु पाँच करोडभन्दा बढीको कारोबार हुने समितिका अध्यक्ष दीपेन्द्र आचार्यले जानकारी दिनुभयो ।

घरेलु उत्पादनको बजार प्रवद्र्धन तथा उद्योग र उपभोक्ताबीच परिचय गराउने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीले उद्योगमा हौसला थपिने समितिका कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्ययले उल्लेख गर्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget