Websoft University

www.radiomakalu.com || 021-522512


अनुसन्धानको निष्कर्षः बच्चाको खेलौना सेक्स टोय भन्दा पनि असुरक्षित



स्विडिस वैज्ञानिकहरुले सबैलाई अचम्ममा पारिदिने तथ्य पत्ता लगाएका छन् । उनीहरुको दाबी छ कि, वयस्कले प्रयोग गर्ने सेक्स टोयको तुलनामा संवेदनशील बालबालिकाले प्रयोग गर्ने खेलौनाहरु असुरक्षित हुुने गरेका छन् ।

शोधकर्ताहरुका अनुसार बाल खेलौनाको तुलनामा सेक्स टोयमा हानिकारक रसायनहरु कम मात्रामा पाइएका छन् ।

स्विडिस केमिकल एजेन्सीका शोधकर्ताहरुले गत सोमबार सार्वजनिक गरेको अनुसन्धान रिपोर्टअनुसार स्विडेनमा आयात गरिएका र अनुसन्धानमा लिइएका ४४ प्रकारका सेक्स टोयज मध्ये केवल दुई प्रतिशतमा मात्र प्रतिबन्धित रसायनको प्रयोग भएको पाइएको छ ।

जबकि सन् २०१५ मा गरिएको एक अध्ययनमा १ सय १२ प्रकारका बाल खेलौनामध्ये १५ प्रतिशतमा शिशालगायतका प्रतिबन्धित रसायन पाइएको थियो । शोधकर्ताहरुले अनुसन्धानको परिणामले आफूहरुलाई पनि अचम्ममा पारेको बताएका छन् । सेक्स टोय तथा बालखेलौनामा प्रयोग हुने हानिकारक रसायनको तुलनात्मक अध्ययन पहिलोचोटि गरिएको हो ।

शोधकर्ताहरुका अनुसार ४४ प्रकारका सेक्स टोयमध्ये केवल एउटामा मात्र क्लोरिनेटेड प्याराफिन्स नामक प्रतिबन्धित रसायन पाइएको छ । यो रसायनका कारण मानिसमा क्यान्सरको जोखिम रहन्छ ।

आखिर यौन खेलौनामा भन्दा बच्चाका खेलौनामा किन बढी घातक रसायन मिसाइएको हुन्छ भन्ने कारण भने पत्ता लागेको छैन । तर अधिकांस सेक्स टोयजहरु नामूद कम्पनीहरुले बनाउने र उनीहरुले आफ्नो प्रतिष्ठाका लागि समेत उपभोक्ताहरुको स्वास्थ्यमा असर पार्ने खालका रसायनहरुको प्रयोग कम गर्ने गरेको हुनसक्छ ।

तर बाल खेलौना मध्ये निकै मामूली कारखानाहरुमा यत्रतत्र उत्पादन हुन्छन् र त्यसमा प्रयोग गरिने रसायनहरुको बारेमा खासै नियमन पनि हुन सक्दैन । त्यस्तै सेक्स टोय ठूला कम्पनीहरुले मगाउने र उनीहरुले उत्पादकमाथि खराब रसायन प्रयोग नगर्न दबाब सिर्जना गर्नसक्ने भएकाले पनि सेक्स टोयमा हानिकारक रसायनको प्रयोग कम भएको हुनसक्ने शोधकर्ताहरुको ठम्याई छ । एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget