Websoft University

www.radiomakalu.com || 021-522512


श्रीपञ्चमी आज



काठमाडौँ, माघ १९ गते । विद्याकी देवी सरस्वतीको पूजा गरेर बुधबार श्रीपञ्चमी मनाइँदैछ । यो दिन बालबालिकालाई शिक्षारम्भ गराउने, नाक कान छेडाउने तथा सङ्गीत कला जस्ता विधा सिक्न शुभ दिन मानिन्छ ।
यस दिन विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्य गर्दा गराउँदा साइत पर्खन नपर्ने प्रचलन पनि छ । देवी भागवत र भविष्य पुराणको उत्तर पर्वमा सरस्वतीको पूजा विधान लेखिएको छ ।
ज्योतिष डा. सुनिल सिटौलाका अनुसार ज्योतिष शास्त्रमा फागुन र माघ महिनालाई शिशिर ऋतु मानिएकाले यो ऋतुमा पर्ने श्रीपञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ ।
बुधबार बिहान ११ः३५ बजेको साइतमा राष्ट्रप्रमुखबाट हनुमानढोका दरबारस्थित नासलचोकमा परम्परा अनुसार वसन्त श्रवण हुँदैछ । दरबारका कर्मचारी मिठाराम पुडासैनीका अनुसार वरिष्ठ शास्त्रीय सङ्गीतज्ञ सरिता मिश्रको एक टोलीले यहाँ वसन्त राग प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
विशालनगरको नील सरस्वती, पशुपति आर्यघाटको सरस्वती, पाटन लेलेको सरस्वती कुण्ड, मैतीदेवीको सरस्वती मन्दिर लगायत मुलुकका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरमा यस दिन मेला लाग्छ । शैक्षिक संस्था, तालिम केन्द्र, गुरुकुल लगायतमा यो दिन सरस्वतीको आराधना गर्ने गराउने प्रचलन छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget