अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो चीनियाँ समकक्षी शी जिनफिंगसँगको कुराकानीको क्रममा बोली फेर्दै आफूले दशकौं पुरानो एक चीन नीतिको सम्मान गर्ने बताएका छन् ।
ट्रम्प र शीबिचको टेलिफोन संवादमा यी दुई नेताले विभिन्न मुद्दामाथि चर्चा गरेको ह्वाइट हाउसले बताएको छ ।

ह्वाइट हाउसका अनुसार दुबै देशले आ–आफ्नो देश आउने निम्तो पनि दिए ।
ट्रम्पले आफ्नो निर्वाचनपछि ताइवानसँगको कुराकानीमा ‘एक चीन’ को नीतिमा कुरा हुनसक्ने र उनी यसप्रति पूर्णरुपमा प्रतिबद्ध हुन नसक्ने बताएका छन् ।-एजेन्सी
Post a Comment