Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपामा मतदानः अध्यक्षलाई मत्रपत्र, सदस्यलाई मेसिन





काठमाडौँ फागुन ९ गते । राप्रपाको जारी महाधिबेशनमा विद्युतिय मेसिनमार्फत मतदान गर्ने भनिएपनि अध्यक्षका लागि भने मतपत्र नै प्रयोग गरिएको छ ।


विद्युतीय मेसिन केन्द्रीय सदस्यको मतदानका लागि मात्रै प्रयोग गरिएको निर्वाचन समितिले जनाएको छ ।
‘हाइटेक प्रविधि’ अपनाएको दावी गरेको राप्रपाले अध्यक्ष र केन्द्रीय सदस्यका लागि छुटटाछुट्टै समय र प्रकृयाबाट मतदान गर्ने व्यवस्था मिलाएको हो । अध्यक्षका लागि आज बिहान १० बजेबाटै सुरु हुने भनिएको मध्यान साढे १२ बजेसम्म पनि सुरु हुन सकेको छैन ।
अध्यक्षका लागि हुने मतदान सके लगत्तै केन्द्रीय सदस्यका लागि मतदान सुरु हुने छ ।
राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार मतदानका लागि ५४ वटा मेसिन प्रयोग गरिने छ ।
मतदानकै क्रममा कुनै मेसिनमा गडबडी आउनसक्ने भएकाले थप ६ वटा मेसिन तयारी अवस्थामा राखिएको निर्वाचन मण्डलका संयोजक निरन्जन थापाले बताएका छन् ।
राप्रपाको महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापा र प्रदीपविक्रम राणाले उम्मेदवारी दिएका छन् । पार्टीको विधानअनुसार १६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत (९८ पदका) लागि हुन लागेको निर्वाचनमा ३६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । महिलातर्फ ३३ सिट रहेका छन् जसमा खुला १६ तथा आरक्षणमा १७ सिट छन् ।
आरक्षणतर्फ मधेसी समुदायबाट पाँच, आदिवासी जनजाति छ, उत्पीडित दुई, मुस्लिम एक, कर्णाली र पिछडिएका क्षेत्रबाट दुई र थारु समुदायबाट एकजना निर्वाचित हुनेछन् । पुरुषतर्फ ६५ सिट कायम गरिएको छ, खुलामा ४० तथा आरक्षणमा २५ सिट छन् ।
आरक्षणतर्फ मधेसी समुदायबाट सात, आदिवासी जनजाति नौ, उत्पीडित दुई, मुस्लिम दुई, कर्णाली र पिछडिएका क्षेत्रबाट दुई, थारु समुदायबाट एक र प्रवासबाट दुईजना निर्वाचित हुनेछन् । पार्टीका नेता किरण गिरीका अनुसार महाधिवेशन सम्पन्न भएपछि ४० प्रतिशत मनोनित गरिने र २७ सदस्यीय पदाधिकारी चयन गरिनेछ । पार्टीका पूर्वअध्यक्षलाई मानार्थ केन्द्रीय सदस्य बनाइनेछ । जस अनुसार पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्द, पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पूर्वअध्यक्ष पशुपति शम्शेर राणालाई मानार्थ केन्द्रीय सदस्य बनाइने भएको छ ।
यसैबीच विद्युतिय मेसिनबाट हुने मतदानमा कुनै समस्या नहुने र निर्वाचन सकिएलगत्तै परिणाम आइहाल्ने युवा वैज्ञानिक लक्ष्मण रिमालले रातोपाटीलाई बताए ।
उनले विद्युतिय मेसिन पनि परम्परागत मतदान प्रणालीजस्तै हुने पनि बताए ।-रातोपाटी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget