Websoft University

www.radiomakalu.com || 021-522512


बार्यन म्युनिखसँग आर्सनलको लज्जास्पद हार




च्याम्पियन्स लिग फुटबलमा आर्सनलले बार्यन म्युनिखसँग लज्जास्पद हार व्यहारेको छ ।

नकआउट चरणको पहिलो लेगमा आर्सनल बार्यनसँग ५-१ ले पराजित भएको हो । यससँगै आर्सनलको च्याम्पियन्स लिगको यात्रा फेरि एक पटक अन्तिम १६ मै टुंगिने देखिएको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले ११ औं मिनेटमा आर्जेन रोबिनको गोलबाट अग्रता लिएको थियो । तर, ३० औं मिनेटमा एलेक्स सान्चेजले गोल गरे र पहिलो हाफ १-१ को बराबरीमा सकियो ।

तर, दोस्रो हाफमा घरेलु टोली हावी भयो । ५३ औं मिनेटमा रोबर्ट लेभान्डोस्कीले गोल गरे भने ५६ र ६३ औं मिनेटमा थिएगोले गोल गरे ।

निर्धारित ९० मिनेटको खेल सकिन २ मिनेट बााकी छादा मुलरले गोल गरेपछि बार्यन म्युनिख ५-१ को फराकिलो अन्तरले पराजित भएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget