Websoft University

www.radiomakalu.com || 021-522512


हामीले गर्ने कसरतमा चिया कफीमा पाइने क्याफाइन तत्वको असर के हुन्छ ?




हामीले गर्ने कसरतमा चिया कफीमा पाइने क्याफाइन तत्वको असर के हुन्छ ? यो प्रश्नको उत्तर खोज्नका लागि बेलायतको युनिभर्सिटी अफ नर्थमब्रिआमा खेल विज्ञान विषयका विद्यार्थीहरुले एक प्रयोग गरे ।

यसका लागि दुईजना विद्यार्थीहरुलाई ०.३ ग्राम क्याफाइन खुवाउने निर्णय भयो । तर साधारण जस्तो लाग्ने यो घटना डरलाग्दो दुर्घटनामा परिणत भयो र दुबैजना विद्यार्थीलाई अस्पताल पुर्‍याउनु पर्‍यो ।

भएको के रहेछ भने, क्याफाइनको कति मात्रा लिने भन्ने कुराको गणना विद्यार्थीहरुले मोबाइल फोनबाट गरेका थिए । गणनाका क्रममा गल्ती हुन पुग्यो र ०.३ ग्रामको साटो ३० ग्राम क्याफाइन खुवाइएछ । यो भनेको ३ सय कप कफी बराबर हुन्छ । गणनाको गल्तीले एकै पटकमा ३ सय कप कफी खान पुगेका दुई विद्यार्थीको नाम हो, एलेक्स पार्किन र ल्यूक रसेटा ।

यो मामिला जब अदालतमा पुग्यो तब अदालतले साढे ४ करोड रुपैयाँ बराबरको जरिवाना गर्ने फैसला गयो, विश्वविद्यालयलाई । वैज्ञानिकका अनुसार एकैपटकमा १८ ग्रामसम्म कफी लिनाले मानिसको मृत्युसम्म हुनसक्छ । अधिक मात्रामा कफी पिउने युवावर्गमा खासगरी हिंश्रक व्यवहार देखिने गरेको छ ।

३० ग्राम कफी खुवाइएका रसेटालाई ६ दिनसम्म अस्पतालमा राख्नुपर्यो भने उनको वजन १२ किलो कम भयो । केही समयका लागि उनको स्मरण शक्ति पनि गुम्यो । त्यस्तै पार्किनलाई दुई दिनसम्म आइसियूमा राख्नुपर्यो र उनको वजन १० किलो घट्यो ।

यद्यपि अहिले दुबैजना निको भैसकेका छन् । उनीहरु दुबैजना विद्यार्थी स्वस्थ, तन्नेरी भएको हुँदा धन्न ज्यान गएन । तर यति ठूलो मात्रामा क्याफाइन सेवन गर्नाले सजिलैसँगग मानिसको ज्यान जाने विज्ञहरु बताउँछन् । बीबीसी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget