Websoft University

www.radiomakalu.com || 021-522512


धारा २७४ खारेज गरेर भएपनि सीमांकन हेरफेर गरौंः संघीय गठवन्धन


upendra-yadav-and-mahantha-thakur-madhesi-morcha

काठमाडौं, पुष २० गते । मधेसी मोर्चासहितको संघीय गठवन्धनले संविधानको धारा २७४ खारेज गरेर भएपनि प्रदेशको सीमांकन हेरफेर गर्नु पर्ने माग गरेको छ । साथै उसले संविधान संशोधनबारे सर्वोच्चको आदेशलाई सकारात्मक भनेको छ ।

गठवन्धनको बुधबार बसेको बैठकमा संविधान संशोधनबारे सर्वोच्चको आदेशबारे छलफल भएको थियो । बैठकले सर्वोच्चको सकारात्मक भनेको छ ।

साथै सीमांकन हेरफेरका लागि प्रदेशको सहमति लिनु पर्ने संविधानको धारा २७४ खारेज गरेर भएपनि संविधान संशोधन गर्नु पर्नेमा जोड दिएको छ । गठवन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘संविधानको कुनै पनि धारालाई संशोधन, खारेज वा परिर्वतन गर्न सक्छ यो अधिकार विधायिकामा छ । र, आवश्यक सम्भिmयो भने त्यो २७४ लाई पनि खारेज गर्न सक्छ ।’

सात प्रदेशले मुलुकको समस्या समाधान गर्न नसक्ने भन्दै यादवले भने, त्यसका लागि (प्रदेश बनाउन) ढोका बन्द गर्नु हुँदैन ।’
अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget