Websoft University

www.radiomakalu.com || 021-522512


रातो नम्बरको अफवाह फैलाएको आरोपमा गायक गायिका पक्राउ


deepak-and-prashana-panday
काठमाडौं, पुष २० गते। एनसेल नम्बरमा रातो नम्बरको फोन आएको अफवाह फैलाएको आरोपमा गायिका प्राशना पाण्डे र गायक दीपक बराईली पक्राउ परेका छन्  ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पाण्डे र बराईलीलाई पक्राउ गरेको हो । रातो नम्बरको अफवाह फैलिरहेका बेला गायक गायिका नै उसमा पक्राउ परेका हुुन् ।
प्रशनाले केही दिन अघि आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आएको भन्दै फेसबुकमा पोष्ट गरेकी थिइन् । साथै विभिन्न अनलाइनलाई त्यही समाचार दिएकी थिइन् ।
सीआईबीले रातो नम्बरबारे अनुसन्धान गरिरहेको बेला यस्तो आएपछि उनलाई पक्राउ गर्‍यो । र, सोधपुछका क्रममा गायक दीपक बराइली तानिए र उनी पनि पक्राउ परेका छन् ।
सोधपुछका क्रममा खुले अनुसार सीआईबीका प्रहरी उपरीक्षक मिरा चौधरीका अनुसारका अनुसार दीपकले एक एप प्रयोग गरेर आफ्नो मोबाइलमा स्क्रीन सट गरेर राखेका थिए ।
त्यही स्त्रिmन सटलाई पोष्ट गरेर प्रशनाले आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आयो भनेर हल्ला चलाएकी थिइन् । प्रहरी उपरीक्षक चौधरीका अनुसार दुबैले गल्ती स्वीकार गरेरका छन् र, माफी मागेका छन् । तर, के कारबाही गर्ने भन्ने खुलेको छैन ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget