Websoft University

www.radiomakalu.com || 021-522512


ह्वाइट हाउसले नाम बिगारेपछि बेलायती प्रधानमन्त्रीको नाम पोर्न स्टारसँग जुध्यो





बेलायती प्रधानमन्त्री थेरेसा मे अमेरिका भ्रमणको तयारीमा छिन् । उनी अमेरिका आउने कार्यक्रम तय भएपछि ह्वाइट हाउसले पनि चाँजोपाँजो मिलाइरहेको छ । तर उनको भ्रमणको तयारीमा जुटेको ह्वाइट हाउसले उनको नाम नै गल्ती लेखेपछि उनको नाम पोर्न स्टारसँग जुधेको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पका कर्मचारीले थेरेसाको नाम लेख्दा अंग्रेजी अक्षर ‘h’ छुटाएका छन् । शुक्रबार भेटघाटको कार्यक्रम तय गर्ने बेलामा उनीहरुले थेरेसाको नाम एक पटक होइन, तीनपटक गल्ती लेखेका छन् ।

ह्वाइट हाउसको दैनिक निर्देशन र प्रेस तालिकामा लेखिएको छः ‘बेलुका राष्ट्रपति, बेलायतकी प्रधानमन्त्री टेरेजा मे (अंग्रेजी शब्द ‘h’ छुटाउँदा टेरेजा उच्चारण हुन्छ) सँग द्वीपक्षीय छलफलमा व्यस्त हुनेछन् । ’

उक्त डकुमेन्टमा थप लेखिएको छ, ‘राष्ट्रपतिले बेलायती प्रधानमन्त्री टेरेजा(पुनः गल्ती लेखिएको) सँग खाना खाने कार्यक्रम छ ।’

साथै उप–राष्ट्रपति माइक पेन्सको ओभल अफिसले पनि उनको नाममा यस्तै गल्ती गरेको छ ।

स्मरण रहोस्, टेरेजा मे पूर्व मोडल र पोर्न स्टार हुन् ।-हिन्दुस्तान टाइम्स
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget