Websoft University

www.radiomakalu.com || 021-522512


रियल मड्रिड क्वार्टरफाइनलबाटै बाहिरियो

ronaldo
ला लिगा लिडर रियल मड्रिडलाई स्तब्ध पार्दै सेल्टाभिगो स्पेनिस कोपा डेल रे कपको सेमिफाइनलमा पुगेको छ ।

बुधबार राति भएको दोस्रो लेग २-२ को बराबरीमा सकियो र, सेल्टाभिगो सम्रगमा ४-३ ले विजयी भयो ।

घरेलु मैदानमा भएको खेलमा सेल्टाभिगाले ४४ औं मिनेटमा डानिलोको उपहार गोलबाट अग्रता लिएको थियो । ६२ औं मिनेटमा रोनाल्डोले बराबरी गोल गरे ।

८५ औं मिनेटमा वासले गोल गर्दै सेल्टाभिगोलाई २-१ को अग्रता जिलाए । ९० औं मिनेटमा रियल मड्रिडका भासक्वेजले बराबरी गोल फर्काए । तर, पहिलो लेगमा २-१ ले पराजित रियल मड्रिड सम्रगमा ४-३ ले पराजित हुादै क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget