Websoft University

www.radiomakalu.com || 021-522512


रियल सोसिडाडलाई बार्सिलोनाले १० बर्षपछि उसकै घरमा हरायो

barcelona

स्पेनिस कोपा डेल रे को क्वाटरफाइनल पहिलो लेगमा साविक बिजेता बार्सिलोनाले रियल सोसिडाडबिरुद्ध एक शून्यको संघर्षपूर्ण जित हात पारेको छ ।


घरेलु मैदान स्टाडियो मुनिसिपालमा बार्सिलोनाबिरुद्ध अनौठो कीर्तिमान राखेको रियल सोसिडाडले गएरातिको खेलमा भने नेइमारको पेनाल्टी गोललाई रोक्न सकेन । खेलको २२औं मिनेटमा ब्राजिलियन स्ट्राइकरले पेनाल्टीबाट गरेको गोल नै बार्सिलोनाको पहिलो लेग जितमा निर्णायक बन्यो ।

बार्सिलोनाले सोसिडाडको घरेलु मैदानमा जित हासिल गरेको १० बर्षपछि पहिलो पटक हो । दुईबीचको दोस्रो लेग आगामी साता बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा हुनेछ ।

गएरातिको खेलमा बार्सिलोनाको रक्षापंक्तिको प्रदर्शन उत्कृष्ट रहृयो । सोसिडाडका धेरै आक्रमणहरु रक्षापंक्तिले विफल पारिदिएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget