Websoft University

www.radiomakalu.com || 021-522512


अमेरिकी राष्ट्रपति ट्रम्पले सपथग्रहण गर्दै

donald_trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् । नेपाली समय अनुसार शुक्रबार बिहान पौने ११ बजे ट्रम्पले सपथ ग्रहण गर्नेछन् ।

उनलाई प्रधानन्यायाधीशले सपथ खुवाउनेछन् । त्यसपछि ह्वाइटहाउसमा उनले औपचारिक रुपमा राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।



७१ वर्षीय ट्रम्प गत नोभेम्बरमा हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी अमेरिकाको सबैभन्दा पाको उमेरका राष्ट्रपति समेत हुन् ।

सपथ ग्रहणको पूर्वसन्ध्यामा आयोजित एक सांगितिक कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकालाई एकजुट गराउने बताए । उनले देशमा उल्लेख्य परिवर्तनहरु गर्ने पनि बताए ।
वाशिङ्टन डिसीमा आयोजित कार्यक्रममा उनलेे भने, ‘हाम्रो देशका जनताका लागि म शानदार देश बनाउने छु । देशका सबै जनताका लागि, एक-एक व्यक्तिका लागि ।’

उनले रोजगारीको अवसर पैदा गर्ने, सेनामा आत्मविश्वास भर्ने र सीमा क्षेत्रलाई मजबुत बनाउने प्रतिबद्धता समेत जनाए ।

ट्रम्पले भने, ‘हामी त्यो काम गर्नेवाला छौं, जुन हाम्रो देशमा कैयौं दशकदेखि भएका छैनन् । सबै चिज बदलिने छन् । यो कुराको म प्रतिबद्धता जनाउँछु ।’
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget