Websoft University

www.radiomakalu.com || 021-522512


सुन नपाएपछि हामी घाम तापेर बस्ने ? - व्यापारी



काठमाडौं, पुष १० गते । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेटिङ भत्काउँदै दुई साताअघि ३४ किलो सुन बरामद गर्यो । सुन तस्करीलाई सघाउने भन्सारका अधिकृतसहित ३ जना, एक जना सुन भरिया, २ जना रिसिभर र एक जना सुन बजारमा अर्डर लिने गरी ७ जना पक्राउ परिसकेका छन् ।

सुन तस्करीमा सघाएको आरोप लागेका विमानस्थल सुरक्षामा खटिएका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीलाई पनि प्रहरी मुख्यालयले अनुसन्धानको घेरामा राखेको छ ।

ब्युरोको पक्राउ सूचीमा अझै केही व्यक्तिहरू छन् । प्रमाण जुटाएर ब्युरोको टोली उनीहरुलाई पक्राउ गर्न खटिएको छ ।

ब्युरो उच्च स्रोतका अनुसार तस्करीको सुन किन्नेमा न्युरोडका नाम चलेका सुन पसले पनि छन् । स्रोतले भन्यो, “नाम चलेकै सुन व्यापारी पनि तस्करीको सुन किन्दा रहेछन् । एकै व्यापारीले ८० किलो सुन अर्डर गरेको अनुसन्धानबाट खुलेको छ ।”

सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य तस्करीको सुन सबैले प्रयोग नगरे पनि केहीले गरेको हुन सक्ने बताउँछन् ।

“राज्यले सबैलाई तस्करीको सुन कारोबार गर्ने भनेर बिल्ला भिराउन मिल्दैन । तस्करीको सुन कारोबार गर्न सहज छैन । उनीहरूको आफ्नै च्यानल हुन्छ,” उनी भन्छन्, “देशभर २३ हजार सुन पसल छन्, राज्यले दैनिक जम्मा १५ किलोमात्र सुन दिन्छ, त्यतिले पुग्दैन ।” व्यवसायीले तस्करीको सुन कारोबार गर्छन् भन्दै राज्यले प्रचार गरेको आरोप उनले लगाए ।

“राज्य नै सुन व्यवसायीलाई तस्कर भन्छ, तर यो व्यवसायीले गलत काम गरेको छ भनेर प्रमाण जुटाई कारबाही गर्ने आँट अहिलेसम्म गरेको छैन,” शाक्यले भने ।
देशभर रहेका सुन पसलेले एक दिनमा एक तोलाको मात्र गहना बनाए पनि दैनिक २ सय ६८ किलो सुन चाहिने उनले बताए । “राज्यले १५ किलोमात्र दिन्छ, के हुन्छ यतिले ?” उनले थपे, “पसल खोलेका व्यवसायीले ढुक्कले सुनको कारोबार गर्ने वातावरण सरकारले बनाइदिनुपर्छ । पहुँच भएकालाई बैंकले सुटुक्क सुन दिने अनि नभएकाले चाहिँ के घाम तापेर बस्ने ?” -  डिल्ली पाण्डे , बाह्रखरी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget