Websoft University

www.radiomakalu.com || 021-522512


कुन फलफूल कतिबेला खाने ?



एजेन्सी– फलफूल खाने निश्चित समय हुन्छ भन्ने तपार्इंले अहिलेसम्म जानाकारी पाउनु भएको छ ? फलफूल दिनमा जतिबेला पनि खान सकिन्छ भन्ने गलत अवधारणा छ । तर विज्ञहरुका अनुसार फलफूल खाने निश्चित समय हुनुपर्छ । उच्च क्यालोरीयुक्त फलफूल बिहानै खानु उपर्यक्त हुन्छ, ताकी तपाईले विशेष जोशका साथ दिनको सुरुवाता होस् । तर रातमा भने कहिल्यै पनि क्यालोरी र एसिडयुक्त फलफुल खान हुन्न । कतिबेला कस्तो फलफुल खाने भन्ने विषयमा सामान्य टिप्सः


बिहान खाने फलफूलमानिसले सामान्यतया बिहानमा परिश्रम वा काम गर्छन् । बढी काम गर्ने मानिसहरुले यो समयमा बढी फाइबरयुक्त फलफूल खानुपर्छ । स्याउ, अनार र केरा बिहान खानु उत्तम हुन्छ । अमिलो फलफूलले एसिडिटी निम्त्याउने भएकोले बिहानी समयमा यी फलफूल सकभर नखानुहोस् ।

ब्रेकफास्टपछि र लन्चअघि कस्ता फलफूल खाने ?अमिला तथा गुलिया सिट्रस वर्गका फलफुल खाने उपयुक्त समय हो यो । गुलिया र भिटामिन सीयुक्त जस्तै चेरी, स्ट्राबेरी यो समयमा खानुपर्छ । एन्टिअक्सिडियन्ट, फाइबर र क्यालोरियुक्त फाइबर सबैभन्दा बढी उपयुक्त हुन्छ ।

साँझमा कस्ता फलफुल खाने ?साँझ ६ बजेपछि तपार्इंको शरिरको मेटाबोलिक दर बिस्तारै घट्दै जान्छ, जसका कारण शरिरले क्यालोरीलाई उपयोग गर्ने क्षमतामा क्रमिक ह्रास आउछ । उच्च क्यालोरियुक्त आँप साँझ परेपछि कुनै पनि हालतमा खानुहुन्न । बरु खरभुज, सुन्ताला, चेरी लगायतका उच्च फाईबरयुक्त फलफुल खानुपर्छ ।

डाइटिङ गर्नेले कस्ता फलफुल खाने ?रातको भोक मेट्ने फलफूल धेरै मानिसको के मान्यता छ भने डाइटिङ गरेको छु भन्दै रातको समयमा धेरै भात र थोरै फलफूल खान्छन् । तथापी उनीहरुले तौल घटाउन सक्दैनन् । किनकी उनीहरुले गलत समयमा गलत फलफुल छनौट गरेका हुनुपर्छ । तसर्थ तौल घटाउन चाहने व्यक्तिले न्यून क्यालोरियुक्त फलफुल खानुपर्छ ।

रातको समयमा कस्तो फलफुल खाने ?राती सुत्नेबेलामा सामान्यतया फलफूल खाईदैन । तर खानै परे पनि हल्का खाने गरिन्छ । यो सममा फाइबर भएका तर बढी क्यालोरि नुहने सिमित फलफूल खान सकिन्छ । तर राती सुत्ने बेलामा खरभुजा, चेरी र सुन्तला नखानुहोस किनकी त्यसले एसिडिटी निम्ताउन सक्छ ।

तपाईले अनार, स्याउ, केरा, आँप लगायत सबै फलफुल लिनु पनि आवश्यक छैन । यदि पिसाब नलीमा संक्रमण छ भने अनार खानुहोस् । यसले शरिरबाट विष र विकार फालिदिन्छ तर उच्च रक्तचाप भएको व्यक्तिले अनार खानुअघि होसियार हुनुपर्छ ।
द हेल्थ साइटबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget