Websoft University

www.radiomakalu.com || 021-522512


कपालको स्वास्थ्यका लागि भुलेर पनि नगरौ यी ८ गल्ती



hair-wash-in-sailoon
केसको सही रेखदेख भएन भने केस झर्ने, रुखो हुने, चाया आउने जस्ता समस्या देखापर्छ । कुनै समयमा त यो समस्या यति धेरै बढ्छ, चिकित्सकीय उपचार नै अपनाउनुपर्ने हुन्छ । यी आठ गल्ती हुन्, जसले केसलाई हानी गर्छ ।

१. केसलाई कसिलो बाँध्नु
केसलाई कसिलो गरी बाँध्नाले केसमा एकदमै नराम्रो असर पर्छ । यसले गर्दा केस सही रुपमा बढ्न पाउँदैन । नतीजा, केस र्झन सक्छ ।

२. गलत डाइट लिनु
केसको बृद्धिका लागि भिटामिन, मिनरल्स र प्रोटिन जरुरी हुन्छ । तर, जंकफुड बढी खानाले हामीलाई पर्याप्त न्युटि्रसन मिल्दैन । यसले पनि केस रुखो हुन्छ ।

३. हेयर स्टाइलिङ मशिन
हेयर ड्राई र हेयर कलरिङ मशिन दिनहुँ प्रयोग गर्दा पनि केसलाई नोक्सान पुर्‍याउँछ । यसले गर्दा केस झर्ने समस्या देखापर्छ ।

४ हाइजिन नहुनु
महिलाले हप्तामा दुई पटक र पुरुषले तीन पटक शैम्पुको प्रयोग गर्नुपर्छ । केसमा फोहोर जम्मा भएपछि चायाको समस्या हुन्छ ।

५. चिसो केसमा काइयो
नुहाउनसाथ केसको जरा कोमल हुन्छ । यस्तो अवस्थामा नुहाउनसाथ तुरुन्तै केस कोर्दा केस टुक्रिने समस्या हुन्छ । केसमा हाँगा आउने समस्या पनि यसैको नतीजा हो ।

६. धेरै तेल लगाउनु
केसमा आवश्यक्ताभन्दा बढी तेल लगाउनु पनि हानिकारक छ । यसले छालको छिद्र बन्द हुन्छ, जसले केसमा नराम्रो असर पुग्छ ।

७. तातो पानीले नुहाउनु
अक्सर जाडो मौसममा तातो पानीले केस नुहाइन्छ । तर, यसले केसको सौन्दर्यमा असर पुर्‍याउँछ । मनतातो पानीले नुहाउनु सामन्य नै हो तर, तातो पानीको प्रयोग गर्नै हुन्छ । यसले केसको प्राकृतिक तेल नष्ट गर्छ ।

८. रसायनको प्रयोग
हेयर स्टाइल बनाउनका लागि प्रयोग गरिने स्प्रेमा रसायन हुन्छ । यसको बढी प्रयोगले केस झर्ने समस्या हुन्छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget