Websoft University

www.radiomakalu.com || 021-522512


पूर्व पर्यटनमन्त्री पोखरेलको स्पष्टीकरणः एयर मार्सलसम्बन्धी मस्यौदा मेरो पालामा बनेको हैन, केपी ओलीलाई त थाहै छैन


Aananda-Pokhreal


काठयमाडौं, माघ १३ गते । पूर्वपर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं एमाले नेता आनन्द पोखरेलले एयर मार्सलसम्बन्धी मस्यौदा आफ्नो कार्यकालमा मस्यौदा नभएको दाबी गरेका छन् । उनले यो विषय मन्त्रिपरिषदमै नगएकाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै जानकारी नै नभएको समेत दाबी गरे ।

पूर्वमन्त्री पोखरेलले सो मस्यौदा ०६९ सालमा तत्कालीन पर्यटन मन्त्री पोष्टबहादुर बोगटीका पालामा बनेको बताए । त्योबेला प्रधानमन्त्री डा. बाबुराम भट्टराई थिए । पोखरेलले अनलाइनखबरसँग भने- ‘म पर्यटन मन्त्री भएका बेला एकपटक आइकाओका प्रतिनिधिले भेटेर विमानस्थल सुरक्षा निर्देशिका पारित गर्न आग्रह गरेका थिए ।

त्यसपछि मैले मन्त्रालयमा बोगटीकै पालामा तयार भएको मस्यौदा अध्ययन गरेँ, तर त्यो उपयुक्त नलागेर थन्क्याएको हो । अहिले त्यही मस्यौदा प्रचण्ड सरकारले पारित गरेछ ।’ नेपाल नागरिक उउड्डयन प्राधिकरणको ०६९ माघ ९ गते सोमवार अपरान्ह २ बजे बसेको ३३ औं बैठकले नागरिक उड्डयन सुरक्षा निर्देशिकाको मस्यौदा पठाउने निर्णय गरेको कागजात आफूसँग रहेको उनले बताए ।

सो बैठकको अध्यक्षता तत्कालीन मन्त्री पोष्टबहादुर बोगटीले गरेको र तत्कालीन प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धर सदस्य सचिवका रुपमा मान्युट उठाएको पाइएको छ । हाल बोगटीको निधन भइसकेको छ भने मानन्धर अवकाश भइसकेका छन् । सो मस्यौदा मात्रै भएकाले त्यसमा कसैलाई पनि आरोपित गर्नु जरुरी नरहेको उनले बताए ।

यसबीचमा कांग्रेस नेता जीवनवहादुर शाही पर्यटनमन्त्री भएर आएपछि उनले सोही मस्यौदा प्रस्ताव मन्त्रिपरिषदमा लगेर पारित गराएको मन्त्रालय स्रोतले जनाएको छ । जसमा गृहमन्त्रालयको अनुमतिमा एयर मार्सल राख्न दिने प्राबधान छ । यो प्रावधान राख्न जरुरी नरहेको पोखरेलले बताए ।

आफ्नो पालामा मस्यौदा पनि नभएको र मन्त्रिपरिषदमा नगएको विषय भएकाले यसमा कुनै सरोकार नरहेको पोखरेलको दाबी छ । उने भने-मन्त्रालयमा दर्जनौं प्रस्तावहरु हृुन्छन्, तिनीहरुको अध्ययन गर्नु स्वाभाविक हो । तर, मेरो पालामा एयर मार्सल सम्बन्धी मस्यौदा बनेको होइन, यसबारे मन्त्रालयका सचिव, सहसचिव र प्रवक्ताहरुलाई सोधे हुन्छ ।





Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget