Websoft University

www.radiomakalu.com || 021-522512


स्थानीय तहको निर्वाचन अपरिहार्य : नेता बडू


dilendra-badu
बैतडी, माघ १४ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ । बिहीबार काँग्रेस बैतडीले मेलौलीमा आयोजना गरेको आमसभामा प्रमुख अतिथि नेता बडूले स्थानीय तहको निर्वाचन भए मात्रै देशमा देखिएको सङ्क्रमणकालीन राजनीति अन्त्य हुने दाबी गर्नुभयो । नेपाली काँग्रेस जहिले पनि निर्वाचनको पक्षमा रहेको र आवधिक निर्वाचनका लागि कार्यकर्तालाई उहाँले निर्देशनसमेत दिनुभयो । एक अर्को प्रसङ्गमा नेता बडूले प्रमुख प्रतिपक्ष एमालेले निर्वाचन नचाहेको आरोप लगाउनुभयो ।

एमालेले द्वैध चरित्र देखाएको र निर्वाचनका लागि तयार नभएको समेत उहाँले आरोप लगाउनुभयो । निर्वाचनलाई अघि बढाउन संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित हुनुपर्नेमा नेता बडूले जोड दिनुभयो । देश अहिले खतरामा रहेकाले देश बचाउने जिम्मेवारी सबैको रहेको नेता बडूले बताउनुभयो । अहिले सम्मका सबै परिवर्तन काँग्रेसको नेतृत्वमा भएको भन्दै उहाँले संविधान कार्यान्वयन पनि नेपाली काँग्रेसकै नेतृत्वमा हुने बताउनुभयो ।

नेपाली काँग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाको अध्यक्षतामा आमसभा सम्पन्न भएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget