Websoft University

www.radiomakalu.com || 021-522512


पशु चिकित्सा परिषदका पदाधिकारीले लिए सपथ


sapath-animal-dr
काठमाडौं,माघ १२ गते । नेपाल पशु चिकित्सा परिषद्का नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री एवम् पशुपन्छी विकास मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारमा सपथ ग्रहण भएको हो ।

समारोहमा पशुपन्छी विकास मन्त्रालयका सचिव श्यामप्रसाद पौडेल र पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मलको पनि उपस्थिति थियो ।
परिषद्मा दर्तावाल पशु चिकित्सकमध्ये दुई जना उपाध्यक्ष र पाँच जना सदस्य निर्वाचित हुने व्यवस्था छ । गत माघ २ गते काठमांडौमा सम्पन्न निर्वाचनबाट डा. रामकृष्ण खतिवडाको अध्यक्षतामा परिषद् पुनर्गठन भएको थियो ।



नेपालमा पशु चिकित्सा व्यवसायलाई व्यवस्थित र मर्यादित रुपमा विकसित तुल्याउन पशु चिकित्सकहरुको योग्यता र विशेषज्ञता अनुसार नाम दर्ता गर्न समेतको लागि नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ अन्तरगत यो परिषद्को स्थापना भएको हो ।

परिषद्मा नेपाल सरकारबाट मनोनित, दर्तावाल पशुचिकित्सक (भेटेरिनरी डाक्टर)हरु मध्येबाट निर्वाचित र पदेन गरी ११ जना भेटेरिनरी डाक्टरहरु पदाधिकारी रहने व्यवस्था छ । नेपाल सरकारले कम्तिमा “क” श्रेणीका डाक्टरहरु मध्येबाट एक जना अध्यक्ष र दुई जना सदस्यहरु मनोनयन गर्ने व्यवस्था छ ।

परिषद्मा नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । त्यसैगरि, नेपाल सरकारले परिषद्को प्रशासनिक प्रमुखको रुपमा एक जना दर्तावाल पशु चिकित्सकलाई परिषद्को रजिष्ट्रार नियुक्ति गर्ने व्यवस्था पनि छ ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले परिषद्मा निर्विरोध निर्वाचित भएका पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै परिषद्को उद्देश्य पुरा गर्न मन, वचन र कर्मले परिणाममूखी काम गर्न निर्देशन दिए ।

मुलुकको आर्थिक सामाजिक विकास गर्नमा पशुपन्छी क्षेत्रको उल्लेखनीय योगदान भैरहेको र विकासको प्रचुर सम्भावना रहेको समेत उनले बताए । विशेषगरी पशु चिकित्सा व्यवसायको आर्थिक र स्वास्थ्य क्षेत्रमासमेत अग्रणी भूमिका रहेकोले भेटेरिनरी डाक्टरहरुले आफ्नो पेशागत दक्षता, मर्यादा र क्षमता विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget