काठमाडौं पुस २१ गते । सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले ‘भेदभावपूर्ण वर्गीकरण विरुद्ध संघर्ष समितिद्वारा प्रस्तुत तीन बुँदे ज्ञापन पत्र बुझ्दै यसबारे आवश्यक कदम चालिने आश्वासन दिएका छन् ।
मन्त्री कार्कीले संघर्ष समितिको माग सकारात्मक भएको भन्दै आज भोलिनै सत्यतथ्य बुझेर कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए । गलत गर्ने जुनसुकै व्यक्तिलाई कानुनी दायरमा ल्याउने मन्त्री कार्कीले बताए ।

वर्ष २०७१/०७२ को वर्गीकरणको नतिजा खारेज, काउन्सिलमा रहेका पदाधिकारीहरुको राजीनामा र वर्गीकरणमा सामेल केही कर्मचारीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने पनि बताए ।
देशभरबाट प्रकाशित हुने दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रपत्रिकाहरुलाई काउन्सिलले अत्याचार गरेर प्रतिशोधको भावनाले नतिजा प्रकाशन गरेकोमा खेद व्यक्त गर्दै कारबाहीको प्रक्रिया अगाडि बढाउन मन्त्रीसँग उनले आग्रह गरे ।
त्यसैगरी भेदभावपूर्ण वर्गीकरण विरुद्धको संघर्ष समितिका सह–संयोजक भरत लामिछानेले काउन्सिलको गैर जिम्मेवारीका कारण पत्रकारहरु आन्दोलनमा उत्रन बाध्य भएको बताए ।-हेमराज ढकाल, रातोपाटी
Post a Comment