पपुलर भोट जितेपछि पनि राष्ट्रपति चुनाव हार्ने हिलारी क्लिंटनले यू–टर्न लिएकी छिन् । सुरुमा उनले आफू रिपब्लिकन डोनल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा संलग्न नहुने बताएकी छिन् तर उनले आफ्नो बोली फेर्दै श्रीमान् एवं पूर्व राष्ट्रपति बिल क्लिंटनसँग कार्यक्रममा उपस्थित हुने बताएकी छिन् । शपथ ग्रहण २० जनवरीमा हुनेछ ।
– न्यूज एजेन्सीका अनुसार, २० जनवरीमा आठ वर्षदेखि राष्ट्रपतिको बागडोर सम्हालेका डेमोक्रेट बराक ओबामाले रिपब्लिकन उम्मेद्वार ट्रम्पलाई पदभार हस्तान्तरण गर्नेछन् ।

– पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुश र उनकी श्रीमती लारा बुश पनि शपथ ग्रहण समारोहमा संलग्न हुनेछन् । जर्ज बुशका भाइ जेब बुश पनि राष्ट्रपति पदको टिकटको दौडमा थिए तर प्राइमरीमा ट्रम्पसँग हारेर बाहिरिए ।
– जर्ज डब्ल्यू बुश र उनका बुवा जर्ज एचडब्ल्यू बुश दुबै अमेरिकी राष्ट्रपति बनिसकेका छन् । पूर्व राष्ट्रपति जिमी कार्टर (९२) पनि समारोहमा समावेश हुनेछन् ।
– रियल इस्टेट कारोबारी ट्रम्प जनताद्वारा दिइएको प्रत्यक्ष भोटमध्ये करिब २९ लाख भोटले हारेका थिए तर इलेक्टोरल कलेजको ३०६ भोट उनको पोल्टोमा परेको थियो ।
– उनका प्रतिद्वन्द्वी हिलेरी क्लिंटनले २ सय ३२ भोट पाएकी थिइन् जबकी जित्नका लागि ५ सय ३८ भोटमध्ये २ सय ७० भोटको आवश्यकता थियो ।-एजेन्सी
Post a Comment