Websoft University

www.radiomakalu.com || 021-522512


सोसिडाडलाई हराउँदै बार्सिलोना सेमिफाइनलमा


barsa
रियल सोसिडाडमाथि सहज जित हात पार्दै बार्सिलोना कोपा डेल रे कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको दोस्रो लेगमा बार्सिलोनाले रियल सोसिडाडमाथि ५-२ गोल अन्तरको जित निकालेको छ । यससँगै पहिलो लेगमा १-० ले विजयी बार्सिलोना समग्रमा ६-२ ले विजयी भएको छ ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १७ औं मिनेटमा डेनिस स्वरेजको गोलबाट अग्रता लिएको थियो । बाँकी छ गोल भने दोस्रो हाफमा भयो ।



५५ औं मिनेटमा लिओनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।

तर, ६२ मिनेटमा सोडिडाडका जुआनमीले गोल गर्दै बार्सिलोनाको २-१ मा झारे । त्यसको एक मिनेट वित्न नपाउँदै बार्सिलोनाका लागि स्वरेजले गोल गरे ।

७३ औं मिनेटमा रियल सोसिडाड डा रिल्भाले गोल गरे । तर, घरेलु टोलीका लागि ८० औं मिनेटमा टुरानले गोल गरे भने ८२ औं मिनेटमा डेनिस स्वरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ५-२ ले विजयी भएको छ ।

बार्सिलोनाले कीर्तिमानी २८ पटक कोपा डेल रेको उपाधि जितिसकेको छ । र, बिहीबारको जितसँगै लगातार ७ औं पटक सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।

अब बार्सिलोनासँगै एथ्लेटिको मड्रिड, सेल्टाभिगो र अलाभेस अन्तिम चारमा पुगेका छन् । र, सेमिफाइनलको ड्र शुक्रबार हुनेछ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget