Websoft University

www.radiomakalu.com || 021-522512


संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ छः अध्यक्ष ओली



चितवन, माघ १५ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ सङ्कल्पित रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आउँदो माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरेर देशमा संवैधानिक र राजनैतिक सङ्कट आउन नदिने पक्षमा एमाले रहेको बताउनुभयो ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार चितवनको भरतपुरमा आयोजित नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २०औँ राष्ट्रिय परिषद्

बैठक एवम् विधान अधिवेशनमा मन्तव्य व्यक्त गर्दै । तस्वीर ः नारायण अधिकारी, चितवन, रासस

तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन हुन सकेन भने संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को समय सकिने भन्दै उहाँले संसद् सदस्य नरहेमा प्रधानमन्त्रीको पद रिक्त हुने बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो “प्रधानमन्त्री वा सरकार बनाउन संस्था र प्रक्रिया चालु नभएका बेला काम चलाउ भन्न पनि नमिल्ने गम्भीर समस्या पैदा हुन्छ । त्यसकारण समयभित्रै निर्वाचन हुनुपर्छ, हामीले भनेका छौँ, हाम्रो सबैभन्दा बढी जोड मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट नआओस् भन्ने हो ।”

समयमै निर्वाचन नभए नेपाली जनताले यस कुरालाई स्वीकार्न नसक्ने भन्दै उहाँले निर्वाचन घोषणा गर्नुपर्छ भनेर आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको बताउनुभयो ।

जटिलताको वहाना बनाएर निर्वाचन नगर्ने प्रयासहरु भइरहेको भन्दै उहाँले निर्वाचन नगराउन सम्भव छैन भन्नुभयो ।
अर्काे एक प्रसङ्गमा अध्यक्ष ओलीले संविधान संशोधन अनावश्यक, अनुचित र हानिकारक भएको भन्दै यो प्रस्ताव देशको हितमा नरहेको विचार व्यक्त गर्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget