Websoft University

www.radiomakalu.com || 021-522512


ध्यान सत्तामा, मुलुक भित्तामा !



एमाले अध्यक्ष केपी ओलीले गृह जिल्ला झापा पुगेर एउटा रहस्य खोलेका छन् । उनको भनाई छ– ‘प्रचण्डको नेतृत्वमा केन्द्रीय संसदको चुनाव हुन दिन कांग्रेसले कुनै हालतमा मान्दैन, देउवाले मान्दैनन् ।’ साधारण लाग्छ यो कुरा । तर, यो भनाई निकै गहिरो छ । उनले अर्काे पनि रहस्य खोलेका छन्– ‘चुनावका लागि आलोपालो सरकारको नेतृत्व गर्ने प्रस्ताव आएको छ ।’ यो कुरा झन धेरै गहिरो छ ।

चुनाव गर्नका लागि सरकारको नेतृत्व गर्न खोजेका हुन् कि सरकारको नेतृत्वमा बस्न चुनावलाई बहाना बनाएका हुन् ? यो प्रश्नको जवाफ भने एमाले अध्यक्ष ओलीको बोलीबाट खुल्दैन । सबैले बुझेको सत्य के हो भने अहिले जे भइरहेछ, जेजस्ता मागमुद्दा उठिरहेका छन् ती देखाउने दा“त मात्र हुन् । असली कुरा भनेको सरकारको नेतृत्व कसले हत्याउने, सरकारका मालदार मन्त्रालय कसले फुत्काउने भन्ने नै हो । एउटा भनाई छ– प्रेममा यौन, घर–व्यवहारमा पैसा र राजनीतिमा कुर्सी नै अन्तिम सत्य हो । नेपाली राजनीति बाहिरबाट जस्तो देखिए पनि भित्र चाहिं ‘अन्तिम सत्य’ कुर्सी नै हो भन्ने बारम्बार पुष्टि भइरहेको छ ।

गोपाल बुढाथोकी
जतिबेला केपी ओलीले झापामा कुर्सीसंग गा“सिएका रहस्य खोल्दै थिए त्यतिबेला काठमाडौंमा अखण्ड पार्टीका कुमार खड्का र पार्टीको अस्तित्व नै नरहेका प्रेमबहादुर सिंह मन्त्री पदको सपथ लिइसकेका थिए । संघीयता मान्दै मान्दिन, नेपाल अखण्ड हुनुपर्छ भन्ने विचारका खड्कालाई देश खण्डैखण्ड हुनुपर्छ भन्ने मान्यताका प्रधानमन्त्री प्रचण्डले टपक्क टिपेर मन्त्री बनाए ।

खड्काको पार्टीमा जम्माजम्मी एक सिट छ भने प्रेमबहादुरको त पार्टी नै खारेज भइसकेको छ । संघीयताका लागि प्राण दिन्छु भन्ने प्रचण्ड र संघीयताका विरुद्ध प्राण त्याग्छु, भन्ने खड्काको मिलनको आधार के हो ? कुर्सी न हो । यही मेसोमा कमल थापा र विजयकुमार गच्छदार पनि मन्त्रिमण्डलमा छिर्ने भनिएको थियो तर छिरेनन् । किन नछिरेका रे भने रोज्जा मन्त्रालय दिन नसकेको र पाउन नसकेको हुनाले रे !

अहिलेसम्म थापा र गच्छदार दुवैजना संविधान संशोधन विधेयकको विपक्षमा छन् । यिनले रोज्जा मन्त्रालय पाए भने विधेयकको समर्थन निश्चित रुपमा गर्नेछन् । केही दिन अघिसम्म विधेयकको विरुद्धमा अनि मन्त्रिमण्डलमा छिरेपछि समर्थनमा लाग्न कसरी सम्भव छ ? नेपाली राजनीतिमा यो सम्भव छ । यसका लागि केही प्रचलित ट्रिक लगाइनेछ ।

विधेयकमा फलानो विषय परिमार्जन गर्नुपर्छ भनेर थापा र गच्छदारले अडान लिएजस्तो गर्नेछन्, उनीहरुको अडानको कदर गरे जसरी विधेयक ‘परिमार्जन’ गरेजस्तो गरिनेछ । त्यसपछि थापा र गच्छदार विधेयकको पक्षमा उभिनेछन् । उनीहरुले पक्षमा भोट हाल्नेछन् । आफूले पहिले नमानेको विधेयक परिमार्जन पछि मात्र स्वीकार गरेको भनेर थापा र गच्छदारले फुईं लगाउनेछन् । उनीहरुको फुईंको अर्थ लाज लाग्यो भनेर फरिया उचालेर मुख छोपे सरह मात्र हुनेछ । नेपाली राजनीतिमा यस्ता ट्रिक अनेक पटक प्रयोग भइसकेको छ र अब पनि प्रयोग हुने नै छ ।

रातारात कसरी विचार र अडान परिवर्तन गर्ने, अडान र विचार परिवर्तन गर्दा पनि कसरी इज्जत ढाकछोप गर्ने भन्ने कला नेपाली राजनीतिकर्मीहरुले निकै राम्रोसंग जानेका छन् । राजनीतिकर्मीको बाह्य अडान मात्र हेरेर राजनीतिक विश्लेषण गरियो भने हावा खाइन्छ । यिनको कुर्सीप्रेमको प्रवृत्तिलाई केन्द्रमा राखेर अनि यिनको स्वभाव र चरित्रलाई ध्यानमा राखेर विश्लेषण गरियो भने निष्कर्षमा पुग्न सकिन्छ, सह िराजनीतिक भविष्यवाणी गर्न सकिन्छ । अचेलको नेपालमा यतिले मात्र पनि सही राजनीतिक भविष्यवाणी गर्न सकिन्न, सही विश्लेषण गर्न सकिन्न ।

कतिपय नेता, राजनीतिकर्मीको प्रभु भक्ति अपरम्पार छ । यी जे बोल्छन् प्रभुको वाणी बोल्छन्, यिनको हरेक कर्म र कदम प्रभुप्रति समर्पित हुन्छ । प्रभुलाई कसरी सहयोग पुराउन सकिन्छ भन्ने यिनको ध्याउन्न हुन्छ । नेपाली राजनीतिमा प्रभु कति निर्णायक छन् भन्ने जगजाहेर विषय हो । अचेलको राजनीतिमा कुर्सी र प्रभु समानान्तर जस्तै भइसकेको छ । प्रभुको रिमोट कन्ट्रोलले नेपाली राजनीतिलाई फनफनी घुमाउने गरेको छ । प्रभुले कुर्सीमा पु¥याउन पनि सक्छन् र गिराउन पनि सक्छन् भन्ने देखिएकै हो ।

कुरा प्रभुको छ, कुरा कुर्सीको छ तर बाहिर चाहिं चुनावलाई देखाउने गरेका छन् । चुनाव पनि प्रभुको इच्छामा निर्भर रहने विषय बनेको छ । प्रभुका अनुयायीहरुले संविधान संशोधन नभई चुनाव हुन दिंदैनौ भनिरहेका छन् भने अर्काथरीले चाहिं फलानो चुनाव ह“ुदा म सत्तामा हुनुपर्छ भनिरहेका छन् । कुन चुनाव हु“ुदा को सत्तामा रहने भन्ने विषय भित्रभित्रै प्रखर बनिसकेको पनि प्रष्टै छ । केपी ओलीले यो कुरा खोले । उनले चुनाव ह“ुदा आफू सत्तामा रहिरहन पर्दैन भनेका छन् तर मौका परे आफै सत्तामा गएर चुनाव गराउन पनि उनी तथा एमाले पछि पर्दैन भन्ने अर्काे जगजाहेर तथ्य हो ।

अर्थात्, नेपाली राजनीतिमा अन्तिम सत्य सत्ता बन्दै गएको छ । चुनाव त सहायक मात्र हो । चुनाव भए लोकतन्त्र संस्थागत हुन्छ भन्ने मान्यता यी नेता र दलहरुले आत्मसात गर्न सकेका छैनन् । चुनावको बहानामा सत्तामा पुग्न सकिन्छ, यिनले बुझेको कुरा यही हो । कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि चुनाव यसकारण चाहिएको छ कि त्यसपछि सत्तारोहणको बाटो खुल्नेछ । प्रचण्डलाई पनि चुनाव यसकारण घोषणा गर्नुपरेको छ कि घोषणा भएको मिति उता सजिलोसंग सत्तामा बसिरहन पाइन्छ ।

अहिलेको राजनीतिक माहौल हेर्दा घोषणा भएपनि चुनाव हुन्छ कि हु“दैन भन्न सकिन्न । तैपनि घोषणा भएपछि केही महिना सत्तामा निष्कंटक रहने सुविधा प्रचण्डले पाउनेछन् । कथंकदाचित चुनाव भएन भने प्रचण्डलाई हटाउने बाटो देउवाका लागि खुल्नेछ । यसको मतलब के हो भने चुनाव एक बहाना मात्र हो, असली खेल सत्ताको हो । सत्ताको यो खेलले मुलुकलाई चाहिं भित्तामा पु¥याएको मेरो ठहर छ, कि कसो ? नेताजी ! !

इमेलमा लेखक : [email protected]
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget