Websoft University

www.radiomakalu.com || 021-522512


भारतमाथि इंल्ग्याण्डको रोमाञ्चक जित


india-vs-belayet

इडेन गार्डेनमा भएको रोमाञ्चक एकदिवसीय क्रिकेटमा इंल्याण्डले भारतलाई ५ रनले हराएको छ । तीन म्याचको सिरिजमा इंग्ल्याण्डको यो पहिलो जित हो । हारका बावजुद भारतले सिरिज २-१ ले जितेको छ ।

इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर ३२१ रन बनाएको थियो । जवाफमा भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३१६ रन मात्र बनाउन सक्यो ।

रोमाञ्चक खेल त्यसबेलासम्म भारतकै पक्षमा थियो, जतिबेलासम्म केदार जाधव विकेटमा थिए । अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको थियो । जाधवले भोक्सको पहिलो बललाई एक्स्ट्रा कभरतर्फबाट ६ रनका लागि बाउन्ड्री बाहिर पठाए । अर्को बलमा उनले चौका हाने ।

अब चार बलमा ६ रन चाहिएको थियो । अब खेल भारतले सहजै जित्छ जस्तो देखिएको थियो । तर, तेस्रो र चौथो बलमा जाधवले रन जोड्न सकेनन् । पाँचौ बलमा लामो सट खेल्ने प्रयासमा डिप प्वाइन्ट क्षेत्रमा उनी क्याच आउट भए । जाधवले ७५ बलमा १२ चौका र एक छक्काका साथ ९० रनको पारी खेले ।

अन्तिम बल भुवनेश्वर कुमारले सामाना गरे तर, रन जोड्न सकेनन् र इंग्ल्याण्डले ५ रनको रोमाञ्जक जित हात पारेको छ । उसो त एक समय भारतको पारी निकै लरखराएको थियो । १७३ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । यसअघिका दुई एकदिवसीयमा चलेका विराट कोहली, एमएस धोनी र युवराज सिंह आउट भइसकेका थिए ।

तर, जाधवले हार्दिक पाण्डेयसँग छैटौं विकेटका लागि १०४ रनको साझेदारी गर्दै पारी सम्हालेका थिए । पाण्डेयले ५६ रन बनाए भने विराट कोहलीले ५५ र युवराज सिंहले ४५ रनको योगदान दिए । धोनी २५ रनमै आउट भएका थिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget