Websoft University

www.radiomakalu.com || 021-522512


अमेरिकाको भिसा भएका ७ मुस्लिम राष्ट्रका नागरिकलाई पक्राउ नगर्न अदालतको आदेश




काठमाडौं, माघ १६ गते । अमेरिकाको एक अदालतले अमेरिकाको भिसा भएका व्यक्तिहरु ७ मुस्लिम राष्ट्रका भए पनि पक्राउ र डिपोर्ट नगर्न आदेश दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्रवादी इस्लामिक आतंककारीहरुलाई देशबाट बाहिर राख्ने एक अभियानको रुपमा शुक्रबार ७ मुस्लिम बहुल देशहरु भ्रमणकर्ताहरुलाई तीन महिनाका लागि अमेरिका प्रवेशमा रोक लगाउने कार्यकारी आदेश जारी गरेपछि तीदेशबाट अमेरिका आइरहेका भिसा भएका ब्यक्तिहरुलाई एयरपोर्टबाट पक्राउ नगर्न अमेरिकी अदालतले अस्थायी रुपमा आदेश दिएको बीबीसीले जनाएको छ ।

ट्रम्पको कार्यकारी आदेशपछि विश्वका ७ मुसलमान बहुल देशहरु इराक, सिरिया, लिबिया, सुडान, सोमालिया, यमन तथा इरानका आप्रवासी तथा नागरिकहरुलाइ देश छिर्न प्रतिबन्ध लगाएपछि अमेरिका आउँदै गरेका त्यस्ता मानिसहरु अमेरिकाका विभिन्न एयरपोर्टबाट धमाधम पक्राउ परेका थिए ।
उक्त कदम मुसलमान बिरुद्धको प्रतिबन्ध भन्दै विभिन्न अधिकारबादी समूहहरुले यसविरुद्ध कानुनी चुनौती दिएका थिए । त्यसपछि अदालतले पक्राउ नगर्न आदेश दिएका हुन । न्यु योर्क विमानस्थलमा मात्र ११ जना पक्राउ परेको बताइएको छ । पक्राउ पर्नेमा ट्रम्पले आदेश जारी गर्नु अघिनै अमेरिकाका लागि उडेकाहरु भएको बताइएको छ ।

अमेरिका आउन लागेका ती सात देशका नागरिकलाई विभिन्न देशको बिमानस्थलबाट फर्काउन थालिएको छ । शनिबार इजिप्टको कायरो बिमानस्थलबाट न्यु योर्क जान लागेका पाँच इराकीहरुलाई फर्काइएको थियो ।

शुक्रवार ट्रम्पले विश्वभरुका सबै शरणार्थीहरुको प्रवेशलाई आगामी १२० दिन सम्मका लागि निलम्बन गरेको थिए । सिरियाली शरणार्थीलाई अनिश्चितकालका लागि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएको थियो । ट्रम्पले भने यसलाई मुसलमान बिरुद्धको प्रतिबन्ध होइन भनेर स्पस्टोक्ती दिएका थिए । - बाह्रखरीबाट 
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget