Websoft University

www.radiomakalu.com || 021-522512


चार दिनको अन्तरालमा लगातार दोस्रो प्रतियोगिताबाट बाहिरियो लिभरपुल





लिभपरपुल – च्याम्पियनसिप टोली वुल्भससँग स्तब्ध हुँदै लिभरपुल एफए कपबाट बाहिरिएको छ । उता, जीतसँगै वुल्भस प्रतियोगिताको पाँचौ चरणमा प्रवेश गरेको छ ।

रिचार्ड स्टेयरमानले पाहुना टोलीलाई ५३ सेकेण्डमा नै अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको अन्त्यतिर आन्द्रेस विइमानले अर्को गोल गर्दै वुल्भसको अग्रताको दोब्बर बनाए ।

खेलको अन्त्यतिर डिभोक ओरिजीले गोल गर्दै अन्तिम ५ मिनेटलाई खेल रोमाञ्चक बनाए पछि हार भने जोगाउन सकेनन् ।

चार दिनको अन्तरालमा कप प्रतियोगितामा जर्गन क्लपको टोलीको यो दोस्रो पराजय हो । यसअघि, बुधबार इएफएल कपको सेमिफाइनलमा लिभरपुल साउथह्याम्पटनसँग पराजित भएको थियो ।


लगातार दोस्रो प्रिमियर लिगको टोलीलाई पराजित गर्दै वुल्भस भने सन् २००८ पछि पहिलो पटक एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।

नयाँ वर्षको शुरुवातसँगै लिभरपुलले जनवरीमा खेलिएका ८ खेलमध्ये मात्र एक खेल जितेको छ ।

सन् २०१२ पछि घरेलु मैदानमा लगातार तीन खेल हारेको लिभरपुलले पहिलो पटक हो ।
क्लपले भने सन् २००७ पछि पहिलो पटक आफ्नो घरेलु मैदानमा लगातार तीन खेल हारेका हुन् ।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget