Websoft University

www.radiomakalu.com || 021-522512


अब अमेरिका पस्न गाह्राे हुने भाे ः ट्रम्पद्वारा कडाईकाे आदेश



वासिङटन, माघ १५ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई अमेरिका प्रेवशमा कडाई गर्ने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गर्नुभएको छ ।

ट्रम्पले उग्र इस्लामवादी आतङ्ककारीहरुलाई अमेरिका भित्रिन नदिनका लागि आप्रवासीलाई अमेरिका प्रवेशमा कडाई गर्नुपरेको बताउनुभएको छ ।

पेन्टागनमा हस्ताक्षर गरेपछि उहाँले भन्नुभयो, “हामी हाम्रो देशलाई समर्थन गर्ने र यहाँका जनतालाई माया गर्नेेलाई मात्रै आउन दिन्छौँ ।”

राष्ट्रपति ट्रम्पले शरणार्थीका रुपमा अमेरिका आउन खोज्नेमध्ये क्रिश्चियन धर्माबलम्वीलाई प्राथमिकता दिइने स्पष्ट पार्नुभएको छ ।

राष्ट्रपति कार्यालय ह्वाईट हाउसले यस बारेमा विस्तृत विवरण दिइसकेको छैन । यो आदेश सिरियाका शारणार्थीप्रति बढी लक्षित रहेको हुनसक्ने विश्लेषण गरिएकाे छ ।

आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले मुसलमानहरुलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाउने बताउनुभएको थियो । रासस÷सिन्ह्वा
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget