Websoft University

www.radiomakalu.com || 021-522512


बहालवाला प्रमुख आयुक्त हुँ’


काठमाडौँ , मंगसिर १ गते । संसदमा महाअभियोग प्रस्ताव दर्तापछि निलम्बित लोकमानसिंह कार्कीले आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बहालवाला प्रमुख आयुक्त भएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा मंगलबार उपस्थित भएर जवाफ पेस गर्ने क्रममा कार्कीले आफूलाई ‘बहालवाला प्रमुख आयुक्त’ का रूपमा प्रस्तुत गरेका हुन् ।

Image result

कार्कीले सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफमा आफ्नो परिचय प्रस्तुत गर्नेक्रममै बहालवाला प्रमुख आयुक्त भनी उल्लेख गरेका छन् । लिखित जवाफको दोस्रो बुँदामा पनि उनले आफूलाई पूर्वमुख्य सचिवका रूपमा मात्रै सम्बोधन गरिएकोमा आपत्ति जनाउँदै आफू अख्तियार प्रमुखसमेत रहेको दाबी गरेका छन् । ‘मेरो पदीय हैसियत विपक्षीले उल्लेख गरेजस्तो नेपाल सरकारको पूर्वमुख्य सचिव मात्र नभई संवैधानिक परिषद्को सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूबाट नियुक्त अख्तियारको बहालवाला प्रमुख आयुक्त हुँ,’ कार्कीले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा भनिएको छ, ‘म सो पदमा २०७० वैशाख २५ गतेदेखि ६ वर्षका लागि नियुक्त भएको हुँ ।’ उनले आफूलाई मुख्य सचिव मात्रै भनी अधिवक्ता ओमप्रकाश अर्यालले गरेको सम्बोधनलाई ‘पूर्वाग्रहग्रसित’ भनेका छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget