Websoft University

www.radiomakalu.com || 021-522512


म्याग्दीको ‘पुलस्त्य पुलहाश्रम’लाई विश्वकै पवित्र तीर्थस्थल बनाउन माग

म्याग्दी, मंगसिर १ गते । म्याग्दीको बेनी नगरपालिका–११ स्थित पुलस्त्य पुलहाश्रमलाई विश्वकै पवित्र तीर्थस्थलको रुपमा विकास गर्न स्थानीयले माग गरेका छन् ।


श्रीमद्भागवत महापुराणमा उल्लेख गरिए पनि सो तीर्थस्थल प्रचारप्रसार, भौतिक पूर्वाधार र संरक्षणको अभावमा ओझेलमा परेसँगै स्थानीयले प्रचार–प्रसारको माग गरेका हुन् ।

पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ वटा तीर्थस्थल मध्ये एक मानिन्छ । श्रीमद्भागवत महापुराणमा कुरूक्षेत्र, गया, प्रयाग, पुलस्त्य पुलहाश्रम, नैमिषारण्य, फाल्गुतीर्थ, रामेश्वरम, प्रभास, कुशस्थली, वाराणसी, मधुपुरी, पम्पासरोवर, नारायणाश्रम, विन्दु सरोवर र सीतारामाश्रमलाई विश्वकै १५ अति पवित्र तीर्थस्थलको रुपमा उल्लेख गरिएको छ ।

पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको थियो । रावण जन्मेर हुर्के बढेको ठाउँ पनि पुलस्त्य आश्रम नै भएको पुराणमा उल्लेख छ ।

पछि रावणले मुस्ताङ थाकखोलाकी थकालीकी छोरी मन्दोदरीलाई विवाह गरि कालान्तरमा लंकाको राजा भएको पौराणिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

स्थानीयले पुलहाश्रमलाई ऋषिआश्रमको रूपमा विकास गर्ने, रावणको नाभि गाडेको भनिएको ठाउँमा रावण कुटी बनाउने, रावण खेलेको भनिएको राउन्नेको पाटोलाई रावण पार्कमा रूपान्तरण गर्ने, बेनी–पछै केबुलकार बनाउने, पुलस्त्य पुलहाश्रम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरेका छन् ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget