Websoft University

www.radiomakalu.com || 021-522512


संविधान कार्यान्वयन गरेर गर्व गर्ने ठाउँ राखौँः नेता पौडेल

Ramchandra-paudel1

बनेपा, मङ्सिर ९ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेले संविधान संशोधनको विषयमा के खोजेको हो स्पष्ट गर्न आग्रह गर्नुभएको छ । काभ्रेपलाञ्चोकको कुन्ताबेँसीमा नेका महादेवस्थान गाउँ कार्य समितिले आयोजना गरेको आमसभामा उहाँले एमालेलाई लक्षित गर्दै ‘मोही माग्ने ढुङ्ग्रो लुकाउने’ काम गर्नु हुदैन भन्नुभयो । नेता पौडेलले विगतमा जसरी प्रमुख तीन राजनीतिक दलको सहमतिमा नयाँ संविधान जारी गरेर गर्व गरिएको थियो त्यसरी नै संविधान कार्यान्वयन गरेर गर्व गर्न ठाउँ राख्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा अझै पनि सङ्कट विद्यमान रहेकाले प्रमुख राजनीतिक दल मिल्नुको विकल्प छैन ।” सो कार्यक्रममा नेका केन्द्रीय सदस्य धनराज गुरुङ, गुरुराज घिमिरे, सरिता प्रसाईँ, मोहन बस्नेतलगायतले मुलुकको समसामयिक राजनीतिका बारेमा वोल्नुभएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget