Websoft University

www.radiomakalu.com || 021-522512


सर्वसाधारण पीडा पोख्छन्–दसैँ दशा, तिहार पीडा

dashai tiharको लागि तस्बिर परिणाम

काठमाडौँ, कात्तिक ६ गते । राजधानीबाट गोरखाको आरुघाटसम्म पुग्न ठमेलका राजु खनालले सात सयको सट्टा एक हजार तीन सय रुपियाँ टिकट भाडा तिरे । तर पनि उनले बसमा सिट पाएनन् उभिएर एक दिन लामो यात्रा पार गरी आरुघाट पुगे । दसँै मनाएर फर्किदा पनि त्यही दशा दोहोरियो । टिकट लिएको बसको बीच बाटोमा पाता भाँचिएपछि यात्रुले खचाखच भरिएको अर्को बसमा उभेर यात्रा गर्नुप¥यो । यस पटकको दसैँमा निकै जोखिम मोलेर आवातजावत गर्नुप¥यो उहाँले भन्नुभयो– सामान्य परिवारका लागि यस्तो चाडवाड नआएकै राम्रो ।
यस्तै, पीडाका बीचमा दसँै मनाएर सुदूरपश्चिमको बैतडीबाट राजधानी आइपुगेका राजेन्द्र पनेरु यतिवेला सबैलाई दसैँ लाग्दो रहेछ भन्नुहुन्छ । दसैँ मनाउन करिब ३० घण्टा बसको ग्यालरीमा बसेर गृह जिल्ला बैतडी पुगेका पनेरुलाई राजधानी फर्किंदा पनि त्यस्तै सास्ती भयो । जाँदा जे जस्तो दुःख कष्ट भयो, फर्किदा पनि त्यस्तै । श्रीमती बच्चा बच्ची सबैको विचल्ली, के दसैँ मनाउनु थियो दुःख र पीडा मात्र उहाँले पीडा पोख्नुभयो ।
काठमाडौंबाट चितवन करिब पाँच घण्टामा नै पुगिन्छ बसमा । तर, यो दसैँमा एक दिन नै लाग्यो । राजमार्गमा सवारी साधनको बाक्लो चापसँंगै बन्दै गरेको नारायणघाट– मुग्लिन सडक खण्डले यात्रुको सातो नै उडायो । लामो दूरीको यात्रा, दिक्क लाग्दो जाम र विजोग अवस्थाको सडक देख्दा दसैँ मनाउन घर जाँदै गरेका यात्रुलाई पनि किन आयो भन्ने जस्तै लाग्थ्यो ।
यी घटनाहरूबाट प्रष्ट हुन्छ, चाडपर्वहरू सामान्य नेपालीहरूका लागि महँगा र खर्चिला मात्र होइन दुःख, पीडा र यातनाको भारीसमेत बन्नथालेका छन् । वर्ष दिनमा एकपटक आउने यस्ता महान चाडवाड तथा पर्वहरूले सर्वसाधारणलाई निकै सास्ती दिने गरेको छ । यस्तै दुःख र पीडाको भारी बनेको छ महान चाड वडा दसैँ । दसैँमा नयाँ लुगा लगाउनु र मीठो मसिनो खानु अनिवार्य जस्तै भएको छ ।
यस वर्षको वडा दसैँ पनि धेरैजसो नेपालीलाई दुःख र पीडाको भारी बोकाएर गएको छ । विशेष गरी दसैँमा सबैजना कर्मथलोबाट जन्मघर (गाउँ) फकिर्ने भएकाले दसैँलाई महान चाडसँगै महìवपूर्ण अवसरका रूपमा लिने भएकाले दसैँ दुःख बन्दै गएको समाजशास्त्रीहरू बताउँछन् । दसैँलाई सबैले रमाइलो चाडपर्वका रूपमा नभई ‘कमाउने’ अवसरका रूपमा लिने गरेको पाइन्छ । कतिपयले दसैँलाई दशाको रूपमा समेत लिने गरेका छन् ।
समाजशास्त्री चिरञ्जीवी आचार्य मानव जीवनशैलीमा आएको परिवर्तन र आधुनिक समाजको विकाससँगै चाडवाडहरू महँगो र खर्चिलो बन्दै गएको बताउनुहुन्छ । वर्ष दिनमा एक पटक मनाइएने यस्ता चाडवाड तथा धार्मिक जात्रा र पर्वहरूले सुखशान्ति तथा मनोकांक्षा पूरा गर्नुभन्दा पनि दुःखको भारी बन्नथाले । बढ्दो विलासितासँगै समय पनि महँगिदै गयो । जस्ले पनि दसैँलाई कमाउने अवसर र मौकाको रूपमा प्रयोग गर्न थाले उहाँले थप्नुभयो ।
दसैँ तिहारको बेला लामो दूरीको यात्रा गर्ने सर्वसाधारणका लागि ठूलो समस्या र दिक्क लाग्दो अवस्था राजमार्ग छेरछाउमा सञ्चालित होटल र रेस्टुराहरू बन्ने गरेका छन् । एक बोतल पानीको ५० रुपियाँ, एक थाली सेट खाजा नास्ताको पाँच सय रुपियाँँ, एक पोका चाउचाउको ३५ रुपियाँ छोइ नसक्नु मूल्य । खाना ताजा हो या बासी खुट्याउन गाह्रो । एउटै होटलमा २५ वटा बस रोकेको अवस्था, मान्छेले खचाखच होटलभित्र खु्ट्टो टेक्नेसमेत ठाउँ हँुदैन ।
यस्तो दिक्क लाग्दो अवस्था देख्दा दसैँ मनाउन घर फर्किनहरूलाई दुःख र पीडा सहनुबाहेक अरू के नै हुन्छ । दसैँको मुखमा ताजा र सफा भनिएका परिकारहरू नै शङ्काको घेरामा यतिसम्म कि एउटा होटल र रेस्टुराँ नजिक अन्य पसल र रेस्टुराँ नै भेटिँदैन । अनिवार्य रूपमा मन लागी नलागी सोही ठाउँँमा खानैपर्ने बाध्यकारी व्यववस्था राजमार्ग छेउछाउका होटल रेस्टुराँहरूमा ।
यात्रुलाई यस्तो बाध्यकारी बनाउने कार्यमा बस चालकको नै मुख्य भूमिका रहेको पाइन्छ । कमिसनको लोभमा चालकहरूले यात्रुले खचाखच भरिएकै होटल तथा रेस्टुराँमा नै बस रोक्ने गरेको पाइयो । चालक सहचालकले यसरी एक बस रोकेबापत एउटा होटलबाट जनही पाँचदेखि सातहजार कमिसन लिने गरेका छन् ।
यस्तै, किसिमको व्यवहार गर्ने होटल तथा रेस्टुराँ व्यवसायी र बस चालकलाई कुनै कारवाही नै भएको पाइँदैन । उल्टै नखाउभन्दा पनि खाए खा नखाए घिच भने जस्तै जसरी नि खानैपर्ने हुन्छ, अर्को ठाउँमा बस नै नरोक्ने भएकाले यात्रुका लागि दसैँमा राजमार्गको यात्रा निकै पीडादायी बन्ने गरेको छ । सामान्य आयस्रोत भएकाहरूका लागि दसैँमा घर फर्किनु नै गाह्रो छ । यातायातको सास्ती, चर्को महँगी, दान दक्षिणा, नयाँ न्यानो, मीठो मसिनोले गर्दा सामान्य आयस्रोत भएका नेपालीहरूका लागि दसैँ दशा नै बन्ने गरेको छ ।
दसैँमा यातायातको सास्ती ः
कर्मभूमिबाट जन्म घर फर्किनेहरूमा सबैभन्दा बढी दसैँको समयमा नै हो । नेपाल प्रहरीको तथ्याङ्क अनुसार, दसैँमा काठमाडौं उपत्यकाबाट मात्र २० लाख मान्छे घर फर्किन्छन् । पैसा हुने त्यसमा पनि केही सीमित व्यक्तिहरू मात्र हवाई सेवा प्रयोग गर्छन् । तर, धेरैजसोको घर फर्किने विकल्प भनेको नै सार्वजनिक यातायात हो । दसैँमा यो सङ्ख्या ह्वात्तै बढ्ने भएकाले सर्वसाधारणले यातायातको निकै सास्ती बेहोर्नुपर्ने हुन्छ । निकै कठिन र जोखिमपूर्ण यात्रा गरेर घर फर्किनुपर्ने बाध्यता छ । जसका कारण सहरको बसाई गाउँ फर्किदा निकै कष्टकर हुने गर्छ ।
खर्चिलो र तडकभडक ः
दसैँ दिनप्रति दिन खर्चिलो र तडक भडक बन्दै गएको छ । दसैँमा नै नयाँ र राम्रो लुगा लगाउनुपर्ने, मासु खान खसी, बोका, राँगा काट्नैपर्ने र देवी देउतालाई बली दिनैपर्ने अनौठो र बाध्यकारी परम्पराका कारण दसैँ खर्चिलो र तडक भडक बन्दै गएको हो । दसैँमा चोरी गरेर भए पनि मिठो मसिनो खानपर्ने चलनले दसैँ खर्चिलो बन्दै गएको छ । मान्यजनबाट टिका थापेर आशीर्वाद ग्रहण गर्नेभन्दा पनि टीका थापेर पैसा थुपार्ने प्रचलन हावी भएको छ । घर परिवारले सबैले नयाँ कपडा लगाउनुपर्ने, दसैँ करिब एक हप्तासम्म मनाउनुपर्ने जस्ता प्रचलनले यसलाई महँगो बनाएको हो ।
सार्वजनिक यातायातमा लुट ः
नारायणघाट मुङ्लिङ सडक खण्डलाई देखाउँदै यातायात व्यवसायीले यस पटक अग्रिम टिकट बुकिङ ढिलो गरी सुरु गरे । करिब एक हप्तापछि बसको अभाव देखाउँदै बुकिङ सेवा पनि बन्द गरे । बुकिङ बन्द गरेसँगै थप बस सेवाका लागि एक सय लिटर निःशुल्क इन्धनको माग गरे । विद्यार्थीलाई सहुलियत समेत नदिने भने । यस पछाडिको मुख्य कारण जसरी हुन्छ यात्रुलाई दुःख र सास्ती दिएर पैसा कमाउने ध्येय नै थियो । यस्तो लुट कि निर्धारित शुल्कभन्दा बढी भाडा उठाउने, नदिए यात्रुलाई बीचबाटोमा अलपत्र पर्ने गरी ओराल्ने समस्या यस पटक दोहोरिए । अष्टमीको दिनदेखि पूर्णिमाको दिनसम्म टिकट काउन्टर पूर्ण रूपमा बन्द गरे । आकास्मिक काउन्टरसमेत खोलेनन् । सरकारले बस चलाउँछुभन्दा विरोध गरे । यातायात व्यवसायीहरूको यस्तो बेथिति नियन्त्रण गर्न राज्य नै मुकदर्शक बन्नुप¥यो । पीडित यात्रुको गुनासोका आधारमा ट्राफिक प्रहरीले धेरै सवारी कारवाही गरी बढी भाडा फिर्तासमेत गराएको छ ।
राजमार्गका होटल र रेस्टुरा ः
फोकटमा मीठो मीठो र ताजा खाना खाने बसका चालक र सहचालकलाई राजमार्गमा सञ्चालित होटल तथा रेस्टुराँ सञ्चालकहरूले ज्वाइँको व्यवहार गर्ने तर, पैसा तिरेर बासी खाना खाने यात्रुमाथि श्रीमती भगाई लिने जारको जस्तो व्यवहार देखाउने गरेको पाइयो । चर्को मूल्य, बासी खाना, रुखो बोली सुन्दा त रिस नै उठ्ने । दसैँको कमिसन लिन बस चालकले यात्रुमाथि यत्रो अपराध गर्ने गरेका हुन् । बसचालकले कमिसनको लोभमा होटल तथा रेस्टुराँहरूलाई लुटेर खाऔं भन्दै यात्रुलाई यस्तो समस्यामा अल्झाउने गरेका छन् । विशेष गरी धादिङ, चितवन र नवलपरासी–बुटवलक्षेत्रमा यस्तो समस्या रहेको छ । स्थानीय प्रशासनले वर्षमा एक पटक दसैँअगाडि एक पटक अनुगमनका नाममा यस्ता होटल तथा रेस्टुराँहरूमा छड्के चेकजाँच गरे पनि केही दिनपछि जस्ताको त्यस्तै हुन्छन् । बीच बाटोमा मदिरा सेवन गरी बसभित्र होहल्ला तथा झैझगडा गर्नेहरूको समस्या पनि दसैँमा नै बढी हुने गरेको पाइयो ।
बढ्दो कालाबजारी ः
चाडवाडमा कालोबजारी सहरमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि त्यतिकै रहेको पाइयो । चामल, चिनी, चिउरामा मात्र नभई सामान्य धुप र रक्सीमा समेत कालोबजारी गरेको पाइयो । तिहारमा झन् यो समस्या विकराल बन्छ । यतिसम्म कि मिठाइ पसलहरूले पनि विभिन्न अखाद्य वस्तु र कलर मिसाएर बनाइएका बासी परिकार बिक्री वितरण गर्ने, दैनिक उपभोग्य वस्तु दाल, तेल, चिनी, मैदा जस्ता वस्तुको कालोबजारी गराई मूल्य बढाउने गर्छन् ।
निरीह जनता ः
आम नेपालीको संस्कृति नै यस्तो बनिसक्यो कि आफूलाई सुविधा भए अन्यको वास्तै नगर्ने । चाडवाडका नाममा प्रत्येक पाइला पिच्छे यस्तो विकृति र बेथिति छ तर कसैले मुख खोल्दैन्न । सबैजना तै चुप मै चुप । फर्किंदा रित्तो फर्किनुपर्छ भन्दै काठमाडौंबाट रसुवा जाँदै गरेको एक माइक्रोले साविक भाडा दरभन्दा दोब्बर रकम उठाउदा पनि कोही बोलेनन् । उल्टै जसरी नि पुग्नु छ भन्दै भाडा दरका विषयमा बुझ्न गएको ट्राफिक प्रहरीलाई फर्काइदिए । यस्तो मुकदर्शक बन्नेहरूका कारण राजमार्गका होटल तथा रेस्टुराँको ठगी धन्दा हाबी भएको पर्यटन व्यवसायी दिनेश पाण्डे बताउनुुहुन्छ ।
अनुगमन तथा कारवाहीको अभाव ः
सरकारले स्थानीय प्रशासनबाट नियमित बजार अनुगमन तथा चेकजाँच गर्ने गरेको पाइन्छ । सर्वसाधारण उपभोक्ता सरकारको अनुगमन नै प्रभावकारी नभएको बताउँछन् । अनुगमन हुन्छ तर कारवाही हुँदैन, दसैँ र तिहारमा यो समस्या निकै विकराल बन्ने गरेको छ । कालोबजारी, अतिरिक्त मूल्य लिने उद्योग व्यापारी र सार्वजनिक यातायातमा मनपरी भाडा असुल गर्नेविरुद्ध कडा कारवाही गर्नसक्ने व्यवस्था छ तर कार्यान्वयन भएको पाइँदैन । चाडपर्व भड्िकला र खर्चिला भएकै कारणले पनि बजार मूल्य एक्कासि बढेको बुझाइ अर्थशास्त्रीहरूको छ । जब कुनै वस्तुको माग बढ्छ मूल्य पनि बढ्छ अर्थशास्त्री लक्ष्मण घिमिरेले भन्नुभयो, बजार सन्तुलित बनाउन राज्यको उपस्थिति प्रभावकारी हुनुप¥यो ।
महँगो बली प्रथा ः
देवी देउतालाई भाकलका नाममा बली दिने प्रचलनले पनि दसैँ खर्चिलो भएको हो । राँगा, बोका, चराचरुङ्गी बली दिने प्रथाले दसैँ खर्चिलो भएको हो । सामान्य नेपालीको आयस्रोतले धान्न नसक्ने गरी पशुपक्षीको मूल्य बढेको छ । तर पनि सकी नसकी बली चढाउनै पर्ने भएकाले यो समस्या आएको हो । पशुपक्षी अधिकारकर्मीहरूले मनोकांक्षा पूरा गर्ने नाममा पशुबली अत्यका लागि विभिन्न पहल गरे पनि सफल हुनसकेको छैन । धार्मिक मठ मन्दिरहरूमा पशुबली रोकिने हो भने पनि दसैँ कम खर्चिलो हुने भनाई सर्वसाधारणको छ ।  देवबहादुर कुँवर, गोरखापत्र दैनिकबाट 
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget