Websoft University

www.radiomakalu.com || 021-522512


सुरु भयो देउवा–पौडेल जुहारी

सुरु भयो देउवा–पौडेल जुहारीको लागि तस्बिर परिणाम

काठमाडौ , असोज १८ गते । नेपाली कांग्रेसको पुरानो संस्थापन र अहिले विपक्षी समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा विरुद्धको असहमतिको आवाज क्रमशः चर्कोे बनाउँदै लगेका छन् । हरेक दिनजसो कुनै न कुनै पत्रिकाले कांग्रेसभित्रको अल्पमतको असहमतिलाई पत्रिकामा स्थान दिँदै आएका छन् । आजको नयाँ पत्रिकाले पनि ‘देउवाको शैलीप्रति पौडेलको आपत्ति’ शीर्षकमा प्रमुख समाचार बनाएको छ । समाचारअनुसार समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक नडाकिएको विषय पौडेल समूहले अहिले उचालेको हो ।
पौडेल पक्षका केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगानालाई उद्धृत गर्दै नयाँ पत्रिका लेख्छ – “संविधान संशोधन, राज्य पुनर्संरचना, पार्टीको आन्तरिक र सरकार सञ्चालनका विषयमा तलफल गर्दै धारणा बनाउन ढिला भइसक्यो । हामीले सभापतिलाई देशको समस्या र दलगत विषयमा छलफल गर्न भन्दै आएका छौँ तर महत्वपूर्ण विषयमा पार्टीले धारणा बनाउनुपर्ने बेलामा उहाँले बैठक डाकिरहनुभएको छैन ।”
वरिष्ठ नेता पौडेल आफँैले पनि सभापति देउवाले कोठाबाट पार्टी चलाएको आरोप लगाएका छन् । विधानअनुसार निर्वाचन भएको दुई महिनाभित्र मनोनीत गर्नुपर्ने पदाधिकारी, केन्द्रीय समतिको पूर्णता, विभाग गठन, केन्द्रीय कार्यालय समिति गठन पनि सभापतिले गर्न नसकेको पौडेलको आरोप छ ।
उता देउवा पक्षका नेता गोपालमान श्रेष्ठले यसलाई पौडेल पक्षको किचकिचमात्रै हो भनेर पन्छाएका छन् । श्रेष्ठले वर्षौंदेखि अलपत्र परेको नेविसंघ महाधिवेशन भव्य रूपमा सम्पन्न भएको, तरुण दलको महाधिवेशनको मिति तोकिएको आदि कारणले केन्द्रीय समितिले केही गरेन भन्न नमिल्ने बताएका छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget