Websoft University

www.radiomakalu.com || 021-522512


कृषि विकास बैंकको चुक्ता पुँजी सबैभन्दा धेरै १० अर्ब ३७ करोड



काठमाडौं , असोज १८ गते । सरकार र निजी लगानीको कृषि विकास बैंक पुँजीको हिसाबले सबैभन्दा ठूलो बैंक भएको छ । 
कृषि विकासको चुक्ता पुँजी १० अर्ब ३७ करोड ४४ लाख रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई आगामी असारसम्ममा चुक्ता पुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन समय दिएको छ । आगामी असारसम्ममा चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन वाणिज्य बैंकहरूले विकास बैंक र वित्त कम्पनीलाई गाभ्ने र खरिद गर्ने गरिरहेका छन् । केही ठूला वाणिज्य बैक पनि एकआपसमा गाभिएका छन् । त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको पुँजी पनि धेरै छ । राष्ट्रिय वाणिज्यको ८ अर्ब ५८ करोड ९० लाख र नेपाल बैंकको ६ अर्ब ४६ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी छ ।
सबैभन्दा  कम चुक्ता पुँजी जनता बैंकको छ । यसको चुक्ता पुँजी हालसम्म २ अर्ब ६ करोड रुपैयाँमात्र छ । माछापुच्छ्रे« बैकसँग गाभिने तयारी भए पनि कुरा नमिलेपछि प्रक्रिया रोकिएको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २ अर्ब २४ करोड ८२ लाख रुपैयाँ र नेपाल क्रेडिट एन्ड कमर्स बैंकको २ अर्ब ३५ करोड २२ लाख रुपैयाँ चुक्ता पुँजी छ । निजी क्षेत्रको सबैभन्दा बढी पुँजी भएको बैंक नेपाल इन्भेष्टमेन्ट बैंक हो । यसको पुँजी ७ अर्ब २५ करोड ५५ लाख रुपैयाँ छ । त्यस्तै, ग्लोबल आईएमई बैंकको ६ अर्ब १६ करोड ४३ लाख रुपैयाँ छ । हाल देशभर २८ वाणिज्य बैंक सञ्चालनमा छन् । 
‘ख’ वर्गका विकास बैंकले पनि राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याएका छैनन् । राष्ट्र बैंकले केन्द्रीय स्तरको विकास बैंकले साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । केन्द्रीय स्तर र क्षेत्रीय गरी ६७ विकास बैंक सञ्चालनमा छन् । हालसम्म सबैभन्दा बढी पुँजी कैलाश विकास बैंकको १ अर्ब ५८ करोड रुपैयाँ छ । यति डेभलपमेन्ट बैंकको १ अर्ब ३८ करोड ६२ लाख रुपैयाँ छ भने सिद्धार्थ डेभलपमेन्ट बैंकको १ अर्ब १४ करोड ४५ लाख, ओम डेभलपमेन्ट बैंकको १ अर्ब ५ करोड २९ लाख र एस डेभलपमेन्ट बैंकको १ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget