Websoft University

www.radiomakalu.com || 021-522512


वृद्धहरुमा मुटु बन्द हुने समस्या तेब्बरले बढ्ने

heart


विश्वमा बुढापाकाहरुको जनसंख्यामा बढोत्तरी भैरहेको चिन्ताका बीच एक अध्ययनले यस्तो तथ्य पत्ता लगाएको छ जस अनुसार मानिसहरुमा हार्टफेल अर्थात् मुटुको गति बन्द हुने रोग तिव्र गतिमा बढ्दैछ ।

जसअनुसार सन् २०६० सम्ममा ६० वर्षभन्दा माथिका वृद्धहरुमा हार्टफेलको घटना तिन गुणाले बढ्ने अध्ययनले देखाएको छ ।

आइसल्याण्डको ल्याण्डपिताली विश्वविद्यालयका मुटु रोग विशेषज्ञ रगनर डेनिल्सनका अनुसार विश्वमा मानिसहरुको उमेर बढेसँगै मुटु सम्बन्धी रोगका घटना बढ्नु सामान्य कुरा हो । उच्च रक्तचाप, रक्तधमनीमा संकुचन, मोटोपना तथा मधुमेह जस्ता कारणले विभिन्न खाले मुटुरोग तथा हार्टफेलको घटनामा बढोत्तरी गराउँदछ ।

युरोपियन सोसाइटी अफ कार्डियोलोजी जर्नलमा प्रकाशित अध्ययन रिपोर्ट अनुसार शोधकर्ताहरुले ५ हजार ७०६ जना ६६ देखि ९८ वर्षसम्मका वृद्धवृद्धाहरुमा अध्ययन गरेका थिए । जसमा लिग, उमेर तथा जिउको आकारका आधारमा आँकडाको विश्लेषण गरियो । शोधमा सामेल गरिएको सहभागीहरुको औषत उमेर ७७ वर्ष थियो र त्यसमध्ये ५८ प्रतिशत पुरुष थिए ।

सहभागीमध्ये ३.७ प्रतिशतमा हार्टफेल भएकेा पाइयो । महिलामा भन्दा पुरुषमा हार्टफेलको जोखिम उच्च रहेको पाइयो । महिलामा यो दर २.८ प्रतिशत थियो भने पुरुषमा ४.८ प्रतिशत । उमेर जति बढ्यो मुटु सम्बन्धी गडबडी झनै बढ्ने गरेको पनि पाइयो । ६९ वर्ष भन्दा कम उमेरकामा यो दर १.९ प्रतिशत थियो भने ८० वर्षमाथिकामा ६ प्रतिशत ।

शोधकर्ताहरुका अनुसार सन् २०६० सम्ममा विश्वमा वृद्धवृद्धाको संख्यामा हुने बढोत्तरी सँगै हार्टफेल लगायतका मुटुरोगमा यो दशकको तुलनामा तेब्बरले वृद्धि हुनेछ । यसको सबैभन्दा धेरै असर ७० वर्षभन्दा माथिका मानिसमा पर्ने बताइएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget