Websoft University

www.radiomakalu.com || 021-522512


निर्दोषलाई दुःख दिने विषय आफूलाई स्वीकार्य छैन्ः प्रम दाहाल



काठमाडौँ, भदौ १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीमा गतवर्ष भएको घटनाको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन भएकाले सोही समितिले दिने सुझावका आधारमा सरकार अगाडि बढ्ने बताउनुभएको छ ।

थारु राष्ट्रिय मुक्ति मोर्चाले बुझाएको ज्ञापनपत्र आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझ्दै प्रधानमन्त्री दाहालले निर्दोषलाई दुःख दिने विषय आफूलाई स्वीकार्य नभएको भन्दै आयोगले दिने प्रतिवेदनमा कोही दोषी देखिए कारबाही हुने बताउनुभयो ।

सरकारले गृह मन्त्रालयमार्फत तराई–मधेसमा भएको आन्दोलन र क्षतिको विषयमा छानबिन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अनावश्यक रुपमा दुःख दिने कार्य तत्काल रोक्न समेत आफूले निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

संविधानले गरेको व्यवस्थाअनुसार नै राज्यका हरेक निकायमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वका लागि प्रमुख राजनीतिक दलसँगको सहमतिका आधारमा अगाडि बढिने प्रधानमन्त्रीको भनाइ रहेको भेटमा सहभागी नेकपा (माओवादी केन्द्र)का सांसद् मानबहादुर थारुले जानकारी दिनुभयो ।

मोर्चाले सुकुम्बासी, कमैयाको समस्या समाधान गर्न, समावेशी तथा समावेशी प्रतिनिधित्व लागू गर्न र स्थानीय निकायको पुनःसंरचनाको विषयमा देखिएको विवाद तत्काल समाधान गर्न आग्रह गरेको थियो ।

यस्तै बर्दियाको राजापुर बजार व्यवस्थित गर्न समेत मोर्चाले माग गरेको छ । कालीकोट, अछाम, जुम्ला, जाजरकोटको बजारका रुपमा परिचित राजापुर बजारको स्थायी नाप नक्सा गर्न लामो समयदेखि रोकिएको लालपुर्जा वितरण प्रक्रिया तत्काल सुरु गर्न माग गरिएको मोर्चाका नेता सन्तकुमार चौधरीले बताउनुभयो ।

सो अवसरमा सांसद अमनलाल मोदी अन्जना चौधरी, दुर्गा खुना र नेता दुर्गाबहादुर चौधरीले आदिवासी थारु समुदायको माग सम्बोधन गर्न र संविधानमा समेटन बाँकी रहेका विषय संशोधनमार्फत अगाडि बढाउन आग्रह गर्नुभएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget