Websoft University

www.radiomakalu.com || 021-522512


निकुञ्जका संवेदनशील क्षेत्रमा सिसी क्यामेरा




चितवन, भदौ १६ गते । चितवन राष्ट्रिय निकुञ्जले मुख्य कार्यालय कसरादेखि नवलपरासीको अमलटारीसम्मका राप्ती र नारायणी नदीका महत्वपूर्ण १० ठाउँमा सिसी क्यामेरा जडान गरी अनुगमन थालेको छ ।

पूर्व–पश्चिम राजमार्गको टिकौलीमा यसअघि जडान गरिएका सिसी क्यामेरा प्रभावकारी देखिएपछि ती संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडान गरिएका हुन् ।

विश्व वन्यजन्तु कोषको आर्थिक सहयोग र नेपाली सेनाको मुख्यालयको प्राविधिक सहयोगमा सिसी क्यामेरा जडान गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । उहाँका अनुसार सिसी क्यामेराले ती क्षेत्रमा मानिस र वन्यजन्तुको आवागमन अनुगमन गर्न सहज हुने भएको छ ।

निकुञ्ज प्रशासनले कुन कुन ठाउँमा सिसी क्यामेरा रहेको सार्वजनिक भने गरेको छैन । सोलारमार्फत सिसी क्यामेरा चार्ज हुने गरी जडान गरिएको कँडेलले बताउनुभयो । यसको अनुगमन निकुञ्जको मुख्य कार्यालय कसरामा राखिएको मनिटरबाट गरिने उहाँले बताउनुभयो । निकुञ्जले सिसी क्यामेरा राखेका क्षेत्र वन्यजन्तुको आवतजावत बढी हुने र चोरीसिकारीको बढी नजर पर्ने स्थानहरु हुन् ।

यसअघि टिकौलीमा १० वटा सिसी क्यामेरा जडान गरेपछि वन्यजन्तुलाई ठक्कर दिने गाडीको पहिचान र शौच कार्यमा कमी आएको छ । वन क्षेत्रमा फोहर फाल्नेहरु पनि निरुत्साहित भएका छन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget