Websoft University

www.radiomakalu.com || 021-522512


एमालेले संविधान दिवस भव्य रूपमा मनाउने

काठमाडौँ, भदौ ३१ गते । नेकपा (एमाले)ले असोज ३ गते संविधान दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ । बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले देशभरि बृहत् ¥याली तथा सभा आयोजना गरेर संविधान दिवस मनाउने निर्णय गरेको जानकारी स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले दिनुभयो । स्थायी कमिटी सदस्य पोखरेलका अनुसार राजधानीमा रत्नकपार्कबाट बाजागाजासहित बृहत् ¥याली गर्ने र २ बजे वसन्तपुरमा वृहत् सभा आयोजना गर्ने निर्णय स्थायी कमिटीले गरेको छ । सो सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी उहाँले दिनुभयो ।
त्यसैगरी बैठकले सङ्घीय संरचना अनुसार प्रदेश सम्पर्क कमिटी गठन गर्ने निर्णय गरेको जानकारी पनि उहाँले दिनुभयो । एमालेले हाल कायम रहेका अञ्चल सम्पर्क समन्वय कमिटी विघटन गर्ने निर्णयसमेत गरेको छ । प्रदेश सम्पर्क कमिटी गठन पार्टीको प्रादेशिक ढाँचासँग अनुकूल हुने गरी गरिने जानकारी उहाँले दिनुभयो । बैठकले छविलाल विश्वकर्माको नेतृत्वमा ५२ सदस्यीय केन्द्रीय सम्पर्क समन्वय कमिटी गठन गर्ने निर्णय गरेको छ । कमिटीको सह–इञ्चार्ज विजय गुरुङ र सचिव नरेन्द्र श्रेष्ठलाई तोकिएको छ । सम्पर्क समन्वय कमिटीको हैसियत पार्टीको प्रदेश सङ्गठन कमिटीसरह हुनेछ ।
त्यसैगरी बैठकले डा. डिल्लीराज खनाल र चक्रपाणि तिम्सिना, मझिलाल थारू, घनश्याम भट्टराई, घनप्रसाद गौतमलाई पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिने निर्णय गरेको जानकारी स्थायी कमिटी सदस्य पोखरेलले दिनुभयो । त्यसैगरी बैठकले बमबहादुर बीसी र रूपबहादुर परियारलाई ७ नम्बर प्रदेश, पी गुरुङलाई ४ नम्बर प्रदेश, विजय राईलाई १ नम्बर प्रदेश र ठाकुर गजुरेललाई ३ नम्बर प्रदेश कमिटी सदस्य मनोनीत गरेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget