Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्डलाई भारतमा ‘जेड प्लस’ उच्च सुरक्षा प्रवन्ध


prachandia_india visit
नयाँदिल्ली,भदौ ३१ गते । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतमा उच्च तहको सुरक्षा प्रदान गरिएको छ । स्वदेशमै पनि सबैभन्दा बढी सुरक्षा घेरामा रहने प्रचण्डलाई भारतमा पनि विशेष सुरक्षा प्रवन्ध मिलाइएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार प्रचण्डलाई उच्च तहको ‘जेड प्लस’ सेक्युरिटी दिइएको छ । भारतका उच्चपदस्थ व्यक्तिहरुलाईमात्र यस प्रकारको जेड प्लस सेक्युरिटी प्रदान गरिएको बताइन्छ ।

के हुन्छ जेड प्लस सेक्युरिटीमा ?

भारतमा उच्चपदस्थ व्यक्तिलाई प्रदान गरिने सुरक्षा चार भागमा वर्गीकरण गरिएको हुन्छ । तिमध्ये सबैभन्दा उपल्लो सुरक्षा जेड प्लस हो । त्यसपछि क्रमशः जेड, वाई र एक्स सुरक्षा प्रवन्ध हुन्छ ।

जेड प्लसमा बुलेट प्रुफ गाडी तथा विशेष तालिममात्र कमाण्डोको ३६ जनाको समूह हुन्छ । जेड, वाई र एक्स सुरक्षा व्यवस्थामा क्रमशः २२, ११ र २ जना विशेष कमाण्डो खटिएका हुन्छन् ।

प्रधानमन्त्री प्रचण्ड विहीबार इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै जेड प्लस सुरक्षा घेरामा रहँदै आएका छन् । जेड प्लस सुरक्षा व्यवस्थामा खटिने कमाण्डोहरु सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुन्छन् । उनीहरु अत्याधुनिक हातहतियार र सञ्चार उपकरणले सुसज्जित हुन्छन् ।

भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत तथा उच्च अदालतका प्रधानन्यायाधीश, प्रान्तीय गभर्नर, मुख्यमन्त्री र क्याबिनेट मन्त्रीहरू जेड प्लस सुरक्षा घेरामा रहन्छन् ।

प्रधानमन्त्री प्रचण्डको सुरक्षा व्यवस्था चुस्त पार्न पाँच सय बढी सुरक्षाकर्मीको विशेष टोली परिचालन गरिएको बताइएको छ ।

जेडप्लस सुरक्षा वर्गमा पर्ने व्यक्तिहरूका लागि हतियारधारी बल ‘स्पेसल प्रोटेक्सन ग्रुप (एसपीजी)ले भारतको विशिष्ट र अत्याधुनिक हतियारधारी नेसनल सेक्युरिटी गार्ड (एनएसजी)को कमाण्डो खटाएको हुन्छ ।

भारत सरकारले भीभीआइपी र भीआइपीको सुरक्षाका लागि सन् १९८८ मा एसपीजी गठन गरेको थियो । एसपीजीलाई आफ्नो ड्युटीबाहेक कुनै पनि प्रकारको सञ्चारमाध्यममा आउन बन्देज लगाइएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget