Websoft University

www.radiomakalu.com || 021-522512


इजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री पेरेजको निधन

इजरायल, असोज १२ गते । नोवेल शान्ति पुरस्कार विजेता ईजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री शिमोन पेरेजको बुधबार निधन भएको छ ।

दुई साता अघिदेखि सिकिस्त विरामी हुनुभएका पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार विहान ०३ बजे निधन भएको पेरेजका छोरी–ज्वाइँ रफी वालडेनले जानकारी दिनुभयो ।

पेरेज दुई पटक प्रधानमन्त्री र एकचोटि राष्ट्रपति बन्नुभएको थियो भने जीवनको उत्तरार्धसम्म पनि सक्रिय राजनीतिज्ञकारुपमा क्रियाशिल हुनुहुन्थ्यो ।

प्यालेस्टिनीसँंग शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँलाई सन् १९९४ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

उहाँको निधन प्रति विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले दुःख व्यक्त गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओवामाले शान्तिका लागि सधैभरी प्रयत्न गरिरहने व्यक्तिका रुपमा उहाँलाई स्मरण गर्नुभएको छ । उहाँ पेरेजको अन्त्यष्टी कार्यक्रममा सहभागी हुनु शुक्रबार इजरायल जानुहुने भएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनले पनि शोक वक्तव्य प्रकाशित गरी शान्ति स्थापनमा महत्वपूर्ण भूमिका खेल्नु भएका पेरेजको निधनले दुखित बनाएको बताउनु भएको छ ।

“विश्वमा पेरेजजस्ता सीमित मान्छे छन्, जस्ले विश्वलाई नै परिवर्तनको वहाक बनेर मानव इतिहासमा ठुलो योगदान गर्नुभएको छ । उहाँ हाम्रो शक्ति र नैतिकताका श्रोत पनि हुनुहुन्छ ।” ओवामाले वक्तव्यमा भन्नुभएको छ ।

अमेरिकाकै पूर्वराष्ट्रपति विल क्लिनटनले पनि पेरेजलाई शान्ति र मेलमिलापका अभियान्तको रुपमा सम्झना गर्नुभएको छ ।

इजरायलकै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गहिरो शोक व्यक्त गर्नुभएको छ भने प्रतिपक्षी दलका नेता इस्साक हेर्जङले इजरायलको इतिहासका प्रतिक भएकाले कहिल्यै भुल्न नसक्ने बताउनु भएको छ ।

पेरेजले प्रधानमन्त्री र राष्ट्रपतिका रुपमा सन् २००७ देखि २०१४ सम्म इजरायलको नेतृत्व गर्नुभएको थियो । रासस÷एएफपी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget